पर्वत । केन्द्रको विषयलाई लिएर आन्दोलित बनेका जलजला गाउँपालिका अन्तरगतका ६ गाउँ विकास समितिका बासिन्दाहरुको आन्दोलनमा राजनीतिक दलहरुले एक्केबद्धता जनाएका छन । 

जिल्लाका शिर्ष र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । केन्द्रको विषयलाई लिएर आन्दोलित बनेका जलजला गाउँपालिका अन्तरगतका ६ गाउँ विकास समितिका बासिन्दाहरुको आन्दोलनमा राजनीतिक दलहरुले एक्केबद्धता जनाएका छन । 

जिल्लाका शिर्ष र"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्दोलनकारीलाई राजनीतिक दलको समर्थन

७ चैत्र २०७३, सोमबार ०४:४४

पर्वत । केन्द्रको विषयलाई लिएर आन्दोलित बनेका जलजला गाउँपालिका अन्तरगतका ६ गाउँ विकास समितिका बासिन्दाहरुको आन्दोलनमा राजनीतिक दलहरुले एक्केबद्धता जनाएका छन । 

जिल्लाका शिर्ष राजनीतिक दलहरुले  धाईरीङ, शालीजा, नाग्लीवाङ ,बनौ  खोलाखेत फटके ढुङ्गलगायत क्षेत्रका बासिन्दालाई अपायक पर्ने क्षेत्रमा केन्द्र राखिएकोमा आफूहरु पनि दुखि भएको भन्दै नैतिक सर्मथन गरेका हुन् । 

 हजारौको संख्यामा केन्द्र परिर्वतनको माग गर्दै हप्ता दिन देखि निरन्तर आन्दोलरत उक्त क्षेत्रका बासिन्दाहरुलाई समर्थन जनाउदै राजनीतिक दलहरुले विरोध सभामा बोलेका थिए । 

तोएिको मल्लाज माझफाँटको केन्द्र अमान्य भन्दै आन्दोलनमा होमिएका बासिन्दाहरुलाई राजनीतिक दलहरुले समर्थन जनाउदै आफूले सक्दो पहल गर्ने बताए । केन्द्रको विषयमा जिल्लामा भएको भेलालले धाइरिङ वा विकल्पमा माझफाँट कायम हुने भन्ने शर्तमा तत्तकालीन अबस्थामा खाका तयार गरेर माथि पठाएता पनि वा भन्ने अर्थलाई माझफाँट पनि मान्ने भन्ने शर्त बनाएर सोही अनुसार केन्द्र निर्धारण गरिएको राजनीतिक दलहरुले बताए । 

विरोध सभामा बोल्ने जिल्लाका राजनीतिक दलहरुले केन्द्रको विषयमा आएको विवाद टुंगो लगाउनको लागि आवश्यक कदम चाल्ने पनि बताए । आजको सहारान्यूजमा खबर छ ।

विरोध सभामा नेपाली काँग्रेसका क्षेत्रीय सभापति गंगाधर पौडेल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष भक्त कुवँर, माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम, राप्रपाका इश्वर पौडेल, नेकपाका धौलागिरी इन्चार्ज बैकुण्ठ गिरी, नयाँ शक्तिका मिनराज केसी, जनमुक्ति पार्टीकी अध्यक्ष थममाया पुनले विरोध सभालाई सम्बोधन गर्दै एक्केबद्धता जनाएका हुन् ।

स्थानीय तह कार्यन्वयन भएसँगै आन्दोलरत भएका स्थानीय बासीले मल्लाजमा राखिएको केन्द्र अपायक भएको र सो भन्दा सदरमुकामनै नजिक पर्ने बताएका छन् । उनीहरुले केन्द्र जिपिआरएस अनुसार वा सवैको साझा थलोका रुपमा मिलनचोकमानै केन्द्र कायम गरे सवैको पायक हुने बताउँदै आएका छन् । 

आन्दोलनकारीले राष्ट्रिय पुर्नसंरचना आयोजकका अध्यक्ष बालानन्द पौडेलको पुत्ला दोहनसहित कालो झण्डा देखाएर विरोध प्रदर्शन गरिरहेका छन् । आन्दोनकारीले केन्द्र पायक पर्ने क्षेत्रका नसारिए आफूहरु कुनै पनि तह र निकायको चुनावमा भाग नलिने र चुनावको बहिष्कार गर्ने चेतावनी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव