२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुराका सोह्र विद्यालयमा साढे दुई करोड बजेट

८ चैत्र २०७३, मंगलवार ०६:२८

चैत ८, बाजुरा । जिल्लाका सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्नका लागि साढे दुई करोड रुपैयाँ रकम खर्च गरिने भएको छ । 

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १६ विद्यालयमा रु दुई करोड ४७ लाख रकम खर्च गर्ने अख्तियारी आएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनुभएको छ । 

पौडेलले एक विद्यालयको खेल मैदान बनाउनका लागि रु तीन लाखदेखि रु २० लाख सम्म आएको राससलाई जानकारी दिनुभयो । कार्यक्रममा चैतभित्र ६० प्रतिशत रकम खर्च गरिसक्नुपर्ने प्रावधान रहेको बताउँदै खेल मैदान निर्माण हुनेमा कैलाश तथा पार्वती उच्च मावि, बडिमालिका, मानाकोट, तोली देवल, चोयाकोट र त्रिभुवनेश्वरीका लागि रु २० लाख विनियोजित भएर आएको पौडेलको भनाइ छ । 

यस्तै, जीवन ज्योति मावि, धौलपुरी, मष्टेश्वरी, नन्देश्वरी तथा दुर्गा भवानी मावि र गायत्री प्राविले रु १५ लाख पाउने भएका छन् । त्रिभुवन प्राविमा रु चार लाख र पाण्डप प्राविमा रु तीन लाख छुट्याइएको छ । 

जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हीरेन्द्र रोकायाले जिल्लामा खेलकुदको विकासका लागि यस वर्ष ठूलो रकम आएको बताउनुभयो । बजेटले छतारा, कैलाशमाडौँ र तोली गाविसमा रहेका विद्यालयलाई बढी प्राथमिकता दिइएको छ । 

खेल मैदान अभावका कारण जिल्लाका खेलकुदका कार्यक्रम प्रभावित हुँदै आएका थिए । तर यो वर्षदेखि खेल मैदान बन्ने भएपछि खेलप्रेमीमा आशा पलाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…