चैत १०, पोखरा । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । 

निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १०, पोखरा । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । 

निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्का"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेन

२०७३, १० चैत्र बिहीबार ०६:५८

चैत १०, पोखरा । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । 

निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार र नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संयुक्तरुपमा शिलान्यास गर्नुभएको थियो । 

शिलान्यास भएको एक वर्ष हुँदासम्म पनि बाढी तर्काउन नाला बनाउने र विमानस्थलसम्म पुग्ने पहुँच मार्ग बनाउने बाहेक अरु नयाँ काम हुन नसकेकोे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । 

उहाँले अब केही दिनपछि विमानस्थल निर्माणको नयाँ काम सुरुवात हुने विश्वास दिलाउनुभयो । सन् २०२० को जुलाईसम्ममा विमानस्थलको काम सम्पन्न गर्नेगरी चीनको सिएमसिइ इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको थियो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले करिब रु २१ अर्ब ऋण उपलब्ध गराएको छ । 

रङ्गशाला प्रवेश अब सशुल्क 

यसैबीच, अब शुल्क तिरेर मात्रै पोखरा रङ्गशालामा प्रवेश गर्न पाइने भएको छ । 

जिल्ला खेलकुद विकास समितिको बुधबार बसेको सर्वपक्षीय बैठकले रङ्गशालामा जोसुकै पनि रङ्गशालामा प्रवेश गर्ने र फोहरमैला गर्न थालेकाले प्रवेशका लागि पासको व्यवस्था गर्ने र केही शुल्क लिने निर्णय गरिएको समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहान घुमफिर गर्न आउने व्यक्तिका लागि वार्षिक रु ५०० शुल्क र अन्य व्यक्तिका लागि पनि केही निश्चित रकम लिएर मात्रै प्रवेश गराउन बैठकका सहभागीले सुझाव दिएका थिए । 

समितिले रङ्गशालाको गेटमा सुरक्षाकर्मी राख्ने र यात्रु पास लिएर मात्रै रङ्गशाला प्रवेश गर्न पाउने र बाहिर निस्कँदा पास बुझाएर जान सकिने व्यवस्था गरिनेछ । 

सबै खेलाडीलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ । बैठकको अध्यक्षता समितिका अध्यक्ष यमबहादुर गुरुङले गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी