चैत १०, पोखरा । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । 

निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १०, पोखरा । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । 

निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्का"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेन

१० चैत्र २०७३, बिहीबार ०६:५८

चैत १०, पोखरा । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । 

निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार र नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संयुक्तरुपमा शिलान्यास गर्नुभएको थियो । 

शिलान्यास भएको एक वर्ष हुँदासम्म पनि बाढी तर्काउन नाला बनाउने र विमानस्थलसम्म पुग्ने पहुँच मार्ग बनाउने बाहेक अरु नयाँ काम हुन नसकेकोे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । 

उहाँले अब केही दिनपछि विमानस्थल निर्माणको नयाँ काम सुरुवात हुने विश्वास दिलाउनुभयो । सन् २०२० को जुलाईसम्ममा विमानस्थलको काम सम्पन्न गर्नेगरी चीनको सिएमसिइ इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको थियो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले करिब रु २१ अर्ब ऋण उपलब्ध गराएको छ । 

रङ्गशाला प्रवेश अब सशुल्क 

यसैबीच, अब शुल्क तिरेर मात्रै पोखरा रङ्गशालामा प्रवेश गर्न पाइने भएको छ । 

जिल्ला खेलकुद विकास समितिको बुधबार बसेको सर्वपक्षीय बैठकले रङ्गशालामा जोसुकै पनि रङ्गशालामा प्रवेश गर्ने र फोहरमैला गर्न थालेकाले प्रवेशका लागि पासको व्यवस्था गर्ने र केही शुल्क लिने निर्णय गरिएको समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहान घुमफिर गर्न आउने व्यक्तिका लागि वार्षिक रु ५०० शुल्क र अन्य व्यक्तिका लागि पनि केही निश्चित रकम लिएर मात्रै प्रवेश गराउन बैठकका सहभागीले सुझाव दिएका थिए । 

समितिले रङ्गशालाको गेटमा सुरक्षाकर्मी राख्ने र यात्रु पास लिएर मात्रै रङ्गशाला प्रवेश गर्न पाउने र बाहिर निस्कँदा पास बुझाएर जान सकिने व्यवस्था गरिनेछ । 

सबै खेलाडीलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ । बैठकको अध्यक्षता समितिका अध्यक्ष यमबहादुर गुरुङले गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प