२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा आठ करोड लागतमा नहर निर्माण गरियो

२०७३, १० चैत्र बिहीबार ०७:२३


चैत १०, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा निर्माण गरिएको टोक्रे नहरको निर्माण कार्य पूरा भएको छ । 

विश्व बैंकको करिब रु आठ करोड ६६ लाख कुल लागत तथा जनसहभागीतामा जिल्लामा ठूलो लगानीको नहर निर्माण कार्य पूरा भएको हो । 

जिल्लामै गण्डक नहरपछिको दोस्रो ठूलो टोक्रे नहरको निर्माण आयोजनाको कार्य पूरा भएको सिँचाइ विकास डिभिजन कार्यालय नवलपरासीका प्रमुख चूडाराज ढकालले बताउनुभयो । 

यस नहरबाट देवचुली नगरपालिकाका उत्तर भेगका रामबास, मुढाबास, तीनघरे, विशालटार, मुण्डे, आँपटारीका स्थानीयले सिँचाइको सुविधा पाउनेछन् । 

वर्षायाममा उक्त नहरमा अनेकौँ समस्या निम्तिने गरेकाले २०७१ सालदेखि पुनः उक्त नहरलाई व्यवस्थित बनाउन थालिएको थियो । नहर निर्माण सम्पन्न भएपछि यहाँको ६५० हेक्टर जमिन सिञ्चित हुने निर्माण समितिका अध्यक्ष बालनन्द अर्यालले बताउनुभयो । 

ठूलो लगानीको नहर निर्माण भएपछि हिउँदमा पनि सिँचाइको सुविधा हुने र कृषि उत्पादन वृद्धि हुने भन्दै स्थानीय हर्षित बनेका छन् । नहरअन्तर्गत देवचुली–६ मा कृषि पाठशाला सञ्चालन गरिएको छ । 

यसबाट यहाँका महिला कृषि उत्पादनमा पनि लागेका छन् । नहर नहुँदा यहाँका स्थानीयको खेतीयोग्य जमिन हिउँदमा बाँझै हुने गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी