२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङमा २८ करोडको खानेपानी योजना सञ्चालन गरिने

१० चैत्र २०७३, बिहीबार ०७:४१

चैत १०, लमजुङ । सदरमुकाम बेँसीसहरमा पानीको अभाव हुन थालेपछि दीर्घकालीन सोचका साथ रु २८ करोडको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन गरिने भएको छ । 

बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहलमा सो योजना सञ्चालन गर्न लागिएको हो । समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय र ढल निकास विभागको सहकार्यमा सहलगानी खानेपानी योजना सुरु गर्न लागेको जनाएको छ । 

उक्त योजना सम्पन्न गर्नको लागि उपभोक्ताले श्रमदानसहित ३० प्रतिशत लगानी गर्ने समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताउनुभयो । खानेपानी योजनाको लागि प्राविधिक तयारी गरी मुहानको लागि जग्गा खरिद गरिसकिएको अध्यक्ष प्रधानले बताउनुभयो । 

खानेपानी योजना निर्माणको लागि नेपाल सरकारको सहलगानी सिद्धान्तअनुसार ३० प्रतिशत अनिवार्य लगानीमा १० प्रतिशत रकम नगद नै नेपाल सरकारको खातामा जम्मा गर्नुपर्ने हुन्छ । सहलगानीको लागि उपभोक्ताबाट रकम सङ्कलन गरिने अध्यक्ष प्रधानले बताउनुभयो । 

हाल बेँसीसहरमा विभिन्न आठवटा मूलबाट खानेपानी ल्याई वितरण गरिएको छ । सबै मूलको पानी जम्मा गर्दा प्रतिसेकेन्ड २८ लिटर पानी आउने गरेको अध्यक्ष प्रधानले जानकारी दिनुभयो । बेँसीसहरमा दैनिक २० लाख लिटर पानी आवश्यक पर्ने भन्दै आइरहेको पानी पर्याप्त नभएकाले विकल्प सोच्न बाध्य भएको उहाँको भनाइ छ । 

“खानेपानीका धारामा नियमित पानी नआउँदा स्थानीय उपभोक्ताले पनि थप सास्ती बेहोर्नुपरेको छ” अध्यक्ष प्रधानले भन्नुभयो “अब समस्यासँगै दीर्घकालीन विकल्प सोचेर यो सहलगानी योजना सुरु गरेका हौँ ।” 

सहलगानी खानेपानी योजना तीन वर्षमा सम्पन्न हुनेछ । योजना सम्पन्न भएपश्चात् थप २५ लिटर प्रतिसेकेन्ड पानी आउने उहाँको भनाइ छ । उहाँले यो योजना सम्पन्न भए आगामी ३० वर्षभन्दा बढी समयलाई ढुक्क हुने दाबी गर्नुभयो । 

पछिल्लो समय पानीको अभाव हुन थालेपछि बेँसीसहरका उपभोक्ता वरपरका मूल तथा कुवाबाट खानेपानी ल्याउन बाध्य भएका छन् । बजारमा पानीको माग बढेको तर मुहान तथा पानीका स्रोत सुक्दै गएकाले अहिले मागअनुसार पानी वितरण गर्न नसकिएको अध्यक्ष प्रधानले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प