२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाग्लुङको निसीखोला गाउँपालिकालाई नेपालकै नमुना बनाउने सपना !

२०७३, ११ चैत्र शुक्रबार ००:३५

कृष्ण कँडेल | चैत्र ११, बागलुङ | राजनितिक दलविचको सहमती पछि निसीखोला गाउँपालिकाको केन्द्र वडा नम्बर–२ जुग्गाखोलामा उद्घाटन तथा सुभारम्भ गरिएको छ ।

बिहिबार एकीकृत सेवा केन्द्र बुर्तिबाङमा भएको सर्बदलिय बैठकको निर्णय अनुसार आज स्थलगत अवलोकन गरि जुग्गाखोलामा रहेको सनराईज युवा क्लवको कार्यालय रहेको भवनमा गाउँपालिकाको कार्यालय सुभारम्भ गरिएको हो । 

गाउँपालिकाका सात ओटै वडामा क्रियाशिल राजनितिक दलका प्रतिनिधि, एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, निमित्त कार्यकारी अधिकृत दिपक शर्मा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण राना सहितको संयुक्त टोलीले कार्यालय राख्ने स्थान र भवनको टुङ्गो लगाएपछि औपचारिक कार्यक्रम गरि कार्यालय सुभारम्भ गरिएको थियो । 


कार्यालय राख्ने भवनको टुङ्गो लागेपछि कार्यक्रम स्थाल पुग्नुभएका नयाँ कार्यकारी अधिकृत संजय अधिकारीको अध्यक्षतामा औपचारिक कार्यक्रम गरिएको थियो । एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले दिप प्रज्वलन गरि कार्यालयको बोर्ड अनबरणपछि बाचन गरेर कार्यालयको सुभारम्भ भएको घोषणा गर्नुभएको थियो । 

कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानिय तहको पुनर्संरचना पछि अधिकार सम्पन्न गाउँपालिका बनेको भन्दै खुसि व्यक्त गरेका थिए । उनिहरुले दुर्गम गाउँका नागरिकले पनि अब आफ्नै घर छेउमा रहेको कार्यालयबाट राज्यको सुविधा र अधिकारको प्रयोग गर्न पाउने बताए । ‘दशकौँदेखि सामान्य सेवा लिनपछि हप्ता दिन लगाएर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको छ’ उनिहरुले भने,‘अब हाम्रो गाउँको विकाश गर्नका लागि राजनितिक, प्रशासनिकर तथा न्यायिक अधिकारका क्षेत्रमा समेत हामी आफै निति निर्माण र त्यसको कार्यान्वय गर्न अबसर हो यो ।’

सुरुमा केन्द्र कहाँ राख्ने भन्ने विषयमा विवाद भएपछि अन्तमा सबैको सहमतीमै केन्द्र तय भई कार्यालय उद्घाटन भएकोमा बक्ताहरुले खुसि व्यक्त गरे । 

कार्यक्रममा निसीखोला गाउँपालिकाका नवआगत कार्यकारी अधिकृत संजय अधिकारीले निसीखोला गाउँपालिकालाई नेपालीकै नमुना गाउँपालिका बनाउने आफ्नो सपना रहेको भन्दै सवैको चाहना र व्यवहारमा प्रतिबद्धता भए त्यो सम्भब रहेको बताउनुभयो । अधिकारीले आफु सवैपक्षसँग सहकार्य गरेर अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण राना, नेपाली काँग्रशका तारानाथ पौडेल, नेकपा एमालेका रुद्रप्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका कुविर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टिका मेघध्वज मल्ल, राष्ट्रिय जनमोर्चाका थम्मन घर्ती, नेपाल कम्युनिष्ट पार्टिका ढालेन्द्र कुँवर र महिला प्रतिनिधि सृजना कुँवरले मन्तव्य राख्नुभएको थियो । आफ्नै गाउँमा केन्द्र भएको गाउँपालिका बनेको खुसिमा कार्यक्रममा स्थानियले पञ्चेबाजा बजाउँदै फुलको बृष्टि गरेर खुसि व्यक्त गरेका थिए । 

कार्यक्रम निसीखोला गाउँपालिकाका नवआगत कार्याकारी अधिकृत संजय अधिकारीको अध्यक्षता, निवर्तमान निमित्त कार्यकारी अधिकृत दिपक शर्माको स्वागत मन्तव्य र वडा सचिव विराज विश्वकर्माको सञ्चालमा सम्पन्न भएको थियो । 

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले चैत्र ३ गते भित्र स्थानिय तहको कार्यालय स्थापना गरि सेवा सुभारम्भ गर्न निर्देशन दिएपछि केन्द्र कहाँ राख्ने भन्ने विषयमा राजनितिक सहमती हुन नसक्दा अहिलेसम्म कार्यालय स्थापना हुन सकेको थिएन । 

जिल्ला प्राविधिक समितले अहिलेको वडा नम्बर–२ झिवाखोला केन्द्र प्रश्ताब गरेपनि साविकका निसी, बोहरागाउँ, देविस्थान र राजकुतका प्रतिनिधिले देविस्थानको खाडु केन्द्र राख्ने सहमती गरेका थिए । 

राजपत्रमा प्रकाशित हुँदा साबिकको देविस्थान गाविसको कार्यालय भएकै ठाउँमा गाउँपालिकाको कार्यालय रहने उल्लेख भएपछि आफुहरुलाई पायक नपर्ने भन्दै निसी र बोहरागाउँका प्रतिनिधिले विरोध गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी