१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमै पहिलो लक्षचण्डी महायज्ञ चैत २८ देखि

११ चैत्र २०७३, शुक्रबार ०६:३१

चैत ११, राजविराज । पूर्वाञ्चलको प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता शक्तिपीठको परिसरमा हुन लागेको लक्षचण्डी रुद्र महायज्ञ आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ । 

बिहीबार छिन्नमस्ता मन्दिर परिसरमा आयोजित पत्रकारसम्मेलनमा शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले यही चैत १६ गतेदेखि हुने भनिएको महायज्ञ समसामयिक परिस्थितिका कारण यज्ञको समयतालिका सारिएको उहाँले जानकारी दिनुभयो । 

सप्तरीमा गत फागुन २३ गते एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर पाँचजनाको मृत्यु भएपछि जिल्लामा उत्पन्न तनावलाई मध्यनजर गर्दै आगामी चैत्र २८ गतेबाट यज्ञ सुरु हुने पत्रकारसम्मेलनमा बताइएको छ । 

पीठाधीश ठाकुरका अनुसार नेपालमै पहिलो र विश्वमा पाँचौँ पटक हुन लागेको लक्षचण्डी रुद्र महायज्ञमा स्वदेशी तथा सीमावर्ती भारतबाट करिब ५० लाखभन्दा बढी श्रद्धालु आउने अनुमान गरिएको छ । साथै चैत २८ गतेबाट सुरु हुने महायज्ञ वैशाख ६ गते सम्म चल्ने बताइएको छ । 

लाखाँैको सङ्ख्यामा आउने भक्तजनका लागि स्वच्छ खानेपानी, शौचालय, रात बिताउनका लागि उपयुक्त बासस्थल लगायतका सबै तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । 

महायज्ञको प्रचारप्रसारका लागि नेपालमा रथयात्रा सम्पन्न गरी अहिले रथयात्रा भारतको विहार राज्यमा चलिरहेको जानकारी दिँदै महायज्ञको एक हप्ताअगाडि मात्र रथयात्रा सप्तरीको छिन्नमस्ता भगवती मन्दिर शक्तिपीठ परिसरमा आउने बताइएको छ । 

रु २१ करोडको लागतमा महायज्ञमा नेपाल र भारतका तीनहजार पाँचसय ख्यातिप्राप्त पण्डितको सहभागिता रहने पत्रकारसम्मेलनमा बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का