२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रथम दार्चुला महोत्सव तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय पर्यटन मेला शनिबार सकिँदै

११ चैत्र २०७३, शुक्रबार १६:०३


लोकेन्द्र प्रशाद जोशी/चैत ११, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा पहिलोपटक हाम्रो गौरव हाम्रो शान, दार्चुला महोत्सव हाम्रो पहिचान भन्ने मूल नाराका साथ गत सनिबारबाट सञ्चालन भएको प्रथम दार्चुला महोत्सव तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय पर्यटन मेला २०७३ को सातौ दिन चर्चीत लोक तथा दोहोरीगायक बद्री पंगेनी सबैका आकर्षका केन्द्र बिन्दु बनेका थिए । 

कला र गलाका धनी बद्री आउने थाहा पाएपछि गत दिनहरुभन्दा निकै बढी दर्शकहरु महोत्सबमा सहभागी भएका थिए । भने पंगेनीले बालक देखी बृद्धसम्म सबैका गीत गाएर दर्शकहरुलाइ कतिबेला रुवाए त कतिबेला सबैलाइ नचाइ रहेका थिए । 

विदेशी छोराको पीडा आमा विदा पाउँदिन गीत गाएपछि महोत्सव हेर्न आएका हजारौ आमाहरुको आँखाबाट आसु खसेको थियो । दर्शकको मन जीत्न सफल कलाकार पंगेनीले राष्ट्यिता सम्बन्धी गित समेत प्रस्तुत गर्नुभएको थियो । यस्तै उहाँले राष्ट्यि राजनीतिमा ठूला तिन दल मिल्नुको विकल्प नरहेको बताउनुभयो । 

बद्री पंगेनी आउने सुनेपछि हजारौ दर्शक आज महोत्सव हेर्न आएका थिए । केहि बेर हावाहुरीले अवरोध गरेपनि बद्रीको गीत सुन्न दर्शकको भीड लागेको थियो । महोत्सवमा कलाकार बद्री पंगेनीले मिचिएको सुस्ता र कालापानीमा फिर्ताको सवाल उठाएका थिए । 

दार्चुला महोत्सवमा नेपाल र भारतका जनता मिलेर वसेपनि दिल्लीले नेपालीलाई दुख दिएको भन्दै नेपाली भुमी नेपालीले नै पाउनुपर्ने गीत गाएका थिए । बद्रीले राष्ट्यिताको गीत गाएपछि दर्शकले हुटिङ गर्दै समर्थन जनाएका थिए । 

दिनमा मैसमको प्रतिकुलताका कारण केहि समय मेला प्रभाबित भएपनि केहि समयपछि बद्री पंगेनिको गीत सुनेपछि महोत्सबस्थलमा दर्शकहरुको भिड लागेको थियो । करिब ३ बजेतिर एक्कासी आएको हावाहुरीका कारण महोत्सब स्थलको चारैतिर लगाएको घेरबार भत्कीएको थियो भने मञ्च समेत प्रभाबित र दर्शकहरुको भागाभाग भएको थियो ।

 जिल्लाभरी रहेका ऐतिहासिक पर्यटकीय तथा सांस्कृतिक धार्मिक स्थलहरुको पहिचान संरक्षण गर्न, जिल्लाको स्थानीय कषि, पशु, वन, घरेलु, उद्योग, आदीको प्रचार प्रसार तथा बजारीकरण, स्थानीय भाषा संस्कृति कला मनोरञ्जन क्षेत्रको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरीएको महोत्सव एवं पर्यटन मेलामा सोचेभन्दा बढि दर्शकहरुले अबलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिह थापाले जानकारी दिनुभयो । 

बाह्य जिल्लाहरु र बिदेशमा निर्मीत समानका पसलहरु बढी भएका कारण स्थानीय दार्चुला जिल्लाकै बिभिन्न क्षेत्रमा पाइने प्रसिद्ध जडिबुडी, लगायत कृषिजन्य उत्पादन र स्थानीय उत्पादन बाट बनेका बिभिन्न मौलीक सामाग्रीहरुको बिक्रिबितरण सोचे अनुरुप हुन नसकेको ब्यबसायिहरुले गुनासो गरेका छन । 

तर समग्रमा महोत्सव स्थलमा दार्चुलामा उत्पादन हुने जडिबुडी, कृषि सामाग्री, लगायत सामाग्रीहरुको स्टलमा मेलामा सहभागीहरुको आकर्षण देखीएको छ । महोत्सबमा जिल्लामा बुनिने राडी पाखा गलैचा जस्ता वस्तुहरु स्टलमा राखिएका छन् । यस्तै निंगालोबाट उत्पादन भएका सामाग्री हस्तकलाका सामाग्रीहरु समेत राखिएका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला