२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पात्लेको विकासमा पेम्बा

२०७३, १२ चैत्र शनिबार ०२:०७

पूर्णप्रसाद न्यौपाने / चैत्र १२,ओखलढुंगा । ओखलढुंगाको साबिक पात्ले गा. बि. स. वडा नं. ४ हाल खिजीदेम्बा गाउपालिका वडा नं. ९ का युवा पेम्बा शेर्पा अहिले यस क्षेत्रको विकासका अभियान्ताका रुपमा परिचित छन् । ३७ वर्षिय युवा व्यवसायी शेर्पा आफ्नो जन्मभूमि पात्लेको विकासमा बढि केन्द्रित देखिएका छन् । २२ बर्ष पर्यटन क्षेत्रमा काम गरेको अनुभव भएका शेर्पा ७ पटक सफल सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । उनले हलिउड फिल्ममा पथ प्रदर्शक expedition guide को भूमिकामा अभिनय समेत गरेका छन् ।

गाउँको समग्र बिकासका निमित्त शैक्षिक क्षेत्रको सुधार हुनुपर्छ भन्ने मान्यता राख्ने पेम्बा आफैँ  बिभिन्न संघ संस्थामा रहि गाउँको विकासका निमित्त आवाज उठाउँदै निकायहरुसँग समन्वय गरेर कामगर्ने सबैका विश्वासीला पात्रका रुपमा चिनिन्छन् । 


गाउँमा सडक, खानेपानी, बत्ती र स्थानीय अति आवश्यक पुर्वाधार निर्माणमा मुख्य भुमिका निर्वाह गरेका पेम्बाकै नेतृत्वमा भर्खरै जिल्लाकै दुर्गम मानिने गाविस पात्लेमा सडक पुगेको छ । अहिले त्यहाँका स्थानीयहरुलाई सहज यात्रा र सामान ढुवानीका लागि निकै सहज भएको छ । शैक्षिक विकास र गुणस्तर सुधारका निमीक्त निकै सकृय युवा पेम्बाले स्थानीय एउटा सामुदायिक विद्यालयलाई ५४ रोपनी जग्गा निशुल्क दिएका छन् । पेम्बाले जनता आधारभुत विद्यालय दोराखर्कलाई आफ्नो बुबाले दिएको अंश बापतको सबै जग्गा निशुल्क पास गरेर दिएका हुन् । ‘मैले मेरो बुबाले अंश दिएको सबै जग्गा विद्यालयलाई दिएको छु,अन्य ठाउँबाट पनि स्रोत जुटाएर शैक्षिक विकासमा लागिरहेको छु’पेम्बाले भने‘हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कस्ले गर्ने ? सबैको साथ मिल्यो मैले गाउँको विकासका लागि केहि गरेँ,मैले नेतृत्व मात्रै गरेको हो,साथ सबैको छ ।’ जनता आधारभुत विद्यालय आफ्नै पहलमा नि. मा. वि. बनाएको दावी गर्ने पेम्बाले आफ्नै खर्चबाट १ जना शिक्षक राखेका छन् । उक्त शिक्षकलाई मासिक तलब आफुले नै व्यक्तिगत रुपमा दिदैँ आएको उनको भनाई छ । उनि जनता आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि हुन् । 


पेम्बाले ठाउँ ठाउँमा खानेपानी आयोजना निर्माण गरेका छन् । हाल सम्म पनि कुनै सरकारी योजना नपरेको पात्लेको बम्दोका गाउँ जहाँ ६ परिवारको बसोबास रहेको छ, त्यो गाउँमा ३ बर्ष अघि नै स्वच्छ खानेपानीको व्यवस्था उनले व्यक्तिगत पहलमा गरेका थिए । बाताबरण संरक्षणको चेतना जगाउन भन्दै सवै परिवारलाई घरघरमा चर्पी निर्माण गरिदिएका छन् । भने त्यस्तै पात्लेको फाक्से गाउँमा पनि खानेपानी र चर्पी निर्माण गरिदिएका छन् ।  


केहि वर्षयता जिल्ला फर्किएर विकासमा होमिएका पेम्बा आफुले भ्रमण गरेको ठाँउमा देखेका र गाउँमा सम्भावनाहरुको अध्ययन गरिरहेका पेम्बा विकास र परिवर्तनका लागि अझै धेरै काम गर्ने योजनामा रहेको बताउँछन् । ‘आगमी दिनमा संसारमा मानवले लिएको सम्पूर्ण सुबिधा हाम्रो जस्तो दुर्गम गाउँमा बसोबास गरिरहेको सबै जनताले लिन पाउनु पर्छ त्यसका लागि हामी युवाहरु अघिबढ्नु पर्छ म जस्तो सुकै अवस्थाको नेतृत्व गर्न तयार छु’ पेम्बा भन्छन् ‘नभई नहुने सेवा सुविधाहरुको अवश्यकताको आधारमा विकास गर्नेुपर्छ, युवाहरु आस्थाका आधारमा जात,धर्म र संस्कार भएकै कारण छुटेर होईन सबै जुटेर हातमा हात काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ ।’ पेम्बाको पहलमा भएका विकासका कामले स्थानीय दंग छन् । 


जिल्लाकै सबैभन्दा दुर्गम र विकट गाउँ पात्लेमा जन्मे, हुर्केका पेम्बा अहिले यस क्षेत्रका युवाहरुको  प्रेरणाका स्रोत बनेका छन् । गाउँका सबै समस्या र समाधानको बिषयमा गम्भीर बन्ने उनि १५ बर्षको उमेरमा कामको खोजी गर्दै  शहर तिर लागेका थिए । उनि विगतलाई सम्झँदै भन्छन् ‘त्यो बेला शहरको रमझम अनि सुविधाहरु देख्दा यो सुविधा त शहरको लागि मात्र होला भन्ने सोच्थेँ,आफ्नो गाउँ, खोलानाला, भिरपाखा, आमा बुबा सबैको माया हुदाँहुदै पनि बाध्यताले शहर तिरै लागें, तर मलाई रात दिन गाउँघरको पिडाले सताइ रहयो, त्यहाँ नै किन यो सबै सुबिधाहरु नभएको होला भन्ने मनमा जागेको थियो’पेम्बा उत्साहित हुँदै अघि भन्छन् ‘त्यस पश्चात मैले गाउँका अग्रज आफन्तहरु सँग सरसल्लाह गरेर अघि बढेँ, आफ्नो परिवार, नेपाल सरकारको कर्मचारी, सरकारी कार्यलय, राजनीतिकदल, संघ संस्था लगायत सबैको साथ र सहयोगबाट प्रेरित भएर म समाज सेवामा लागें,समयको माग र समुदायको आवश्यकता पहिल्याउँदै गाउँलाई समृद्ध बनाउने ठुलो सपना देखेको छु ।’ 


गाउँमा सडक पु¥याउन,प्रा.वि.तहमा रहेका विद्यालयलाई हाल नि. मा. वि.तह सम्म संचालन गर्न सफल भएका पेम्बा स्थानीयले आवतजावत र पुननिर्माणका लागि सामान ढुवानीमा सहज भएको बताउँदा र बालबालिकाहरुको पढ्न पाउने अधिकारको सुनिश्चित भएको देख्दा खुसी लागेको बताउँछन् । पात्ले क्षेत्रको अबको आवश्यकता प्रभावकारी संचारको भएकाले अब त्यसतर्फ ध्यान केन्द्रित गरिरहेको उनि बताउँछन् । २१ सौं सताब्दीमा आएर पनि गाउँमा संचारको सदुपयोग गर्न नपाएको विषयमा जिल्ला स्थित सम्बन्धित निकाय देखि केन्द्रमा मन्त्रालयको ढोका ढकढक्याउन समेत उनि पुगिसकेका छन् ।


पेम्बाको योगदानको चौतर्फि चर्चा हुने गरेको छ । केहि दिन अघि पात्लेमा आयोजित एक कार्यक्रममा सांसद यज्ञराज सुनुवार लगाएतले पेम्बाले समाजको विकास र    परिवर्तनमा खेलेको भूमिकाको निकै गुनगान गाएका थिए । एमाले नेता समेत रहेका खिजिदेम्बा गाउँपालिकाका समाजसेवी कमल न्यौपानेले पेम्बा जस्ता युवाहरु पात्लेमा मात्रै होईन अब गाउँपालिका केन्द्रित विकासमा लाग्नुपर्ने र युवाहरुलाई जिम्मेवार बनाउँदै नेतृत्वमा पु¥याउने सवालमा आफु सँधै लागि रहेने बताउन समेत भ्याए । स्वच्छ छविका मानिने विकासप्रेमी युवा व्यवसायी पेम्बा राम्रो सम्भावना भएका युवा हुन् । -कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी