१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा धार्मिक महोत्सवबाट दुई करोड सङ्कलित

१३ चैत्र २०७३, आईतवार ०७:५८

चैत १३, खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ दिक्तेल, माटिकोरे खेलमैदानमा आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ । 

क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन शनिबार रु दुई करोड १७ लाख ३१ हजार ३३१ सङ्कलन भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक देवी रिजालले जानकारी दिनुभयो । 

विसं २०३७ मा स्थापित क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न सङ्कायतर्फका विषय थप गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि स्रोत जुटाउन शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको क्याम्पस प्रमुख डा शुकराज राईले बताउनुभयो । महोत्सवमा सङ्कल्पकर्ता गोविन्दशरण महाराजजी र मीरादेवीले प्रवचन दिनुभएको थियो । 

त्रिविको सम्बन्धनमा २०७० सालदेखि पहिलो पल्ट मानविकी सङ्कायतर्फ नेपाली विषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरिएकामा महोत्सवबाट जम्मा भएको रकमले अन्य सङ्कायतर्फका विषय थप गरिने जनाइएको छ । जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसमा अहिले भौतिक पूर्वाधार अभावमा पठनपाठन गर्न समस्या देखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव