सागर शर्मा | चैत्र १७, प्युठान | प्युठान जिल्लामा  नयाँ परियोजनाको रुपमा पानी परियोजना सञ्चालन हुन लागिरहेको छ । आज एक गोष्ठि गरि परियोजनाको वारेमा जिल्ला स्थित सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा | चैत्र १७, प्युठान | प्युठान जिल्लामा  नयाँ परियोजनाको रुपमा पानी परियोजना सञ्चालन हुन लागिरहेको छ । आज एक गोष्ठि गरि परियोजनाको वारेमा जिल्ला स्थित सर"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानमा पानी परियोजना

१७ चैत्र २०७३, बिहीबार १६:३२

सागर शर्मा | चैत्र १७, प्युठान | प्युठान जिल्लामा  नयाँ परियोजनाको रुपमा पानी परियोजना सञ्चालन हुन लागिरहेको छ । आज एक गोष्ठि गरि परियोजनाको वारेमा जिल्ला स्थित सरोकारवालालाई जानकारी गराईएको छ । उक्त परियोजना प्युठान जिल्लाका साविकका ३१ वटा गाविसमा सञ्चालन गर्न लागिएको हो ।  

खानेपानि तथा सरसफाई उपभोक्ता महासंघ नेपाल प्युठानको आयोजनामा भएको गोष्ठिको उद्धेश्य पानी परियोजनाको परिचय तथा जलाधार क्षेत्रको बस्तुगत विवरण (प्रोफाईल) निर्माण प्रक्रियाबारे जलाधार क्षेत्रका सरोकारवाला व्यक्तिहरुका विचमा छलफल गर्ने, जलाधार क्षेत्रका मुख्य मुद्धाहरुको पहिचान गरि लक्षित समुह छलफल र सम्वन्धित जानकारवालासंग अन्र्तवार्ताका लागि सामुहिक छलफल तथा घरधुरी सर्भेक्षण विधि र जलाधार क्षेत्रका संघ संस्था तथा निकायको सुशासन विश्लेषण गर्ने र राम्रा अभ्यासहरुको सुची तयार गर्ने रहेको सिंचाई महासंघ क्षेत्र नं ५ का अध्यक्ष लक्ष्मी प्रसाद राज भण्डारी ले जानकारी गराउनु भएको थियो ।

गोष्ठिको उद्घाटन सत्रमा वोल्दै सत्रका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लामा नया परियोजनाको रुपमा भित्रीएको पानी परियोजनालाई  प्युठान जिल्लामा दिगो रुपमा टिकाइ राखी काम गर्न  आग्रह गर्नुभएको छ ।  

गोष्ठिमा पानी परियोजनामा प्रयोग हुने प्राविधीक शव्दहरु , जलाधार क्षेत्रका खतरा तथा संकटासन्नता, जलाधार क्षेत्र व्यावस्थापनका विभिन्न विषयगत क्षेत्रसंग सम्वन्धित मुख्य सवालहरु, जलाधार क्षेत्रमा कार्यरत संघ संस्था तथा निकायको विश्लेषण, जलाधार क्षेत्रमा भएका अभ्यासहरुको वारेमा सहजीकरण गरिएको थियो । 

कार्यक्रममा सरोकावाला निकायका प्रमुख तथा प्रतिनीधि, पानी परियोजना नेपालका प्राविधिक विज्ञ दीपक रिजाल , पानी परियोजनाका जिल्ला कार्यक्रम संयोजक सिता पाण्डे, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 

गोष्ठिको सहजीकरण सामुहिक अभियान जनको हित विकास सिद्धान्तको अभियानता बेद सापकोटाले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ