सागर शर्मा | चैत्र १७, प्युठान | प्युठान जिल्लामा  नयाँ परियोजनाको रुपमा पानी परियोजना सञ्चालन हुन लागिरहेको छ । आज एक गोष्ठि गरि परियोजनाको वारेमा जिल्ला स्थित सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा | चैत्र १७, प्युठान | प्युठान जिल्लामा  नयाँ परियोजनाको रुपमा पानी परियोजना सञ्चालन हुन लागिरहेको छ । आज एक गोष्ठि गरि परियोजनाको वारेमा जिल्ला स्थित सर"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानमा पानी परियोजना

२०७३, १७ चैत्र बिहीबार १६:३२

सागर शर्मा | चैत्र १७, प्युठान | प्युठान जिल्लामा  नयाँ परियोजनाको रुपमा पानी परियोजना सञ्चालन हुन लागिरहेको छ । आज एक गोष्ठि गरि परियोजनाको वारेमा जिल्ला स्थित सरोकारवालालाई जानकारी गराईएको छ । उक्त परियोजना प्युठान जिल्लाका साविकका ३१ वटा गाविसमा सञ्चालन गर्न लागिएको हो ।  

खानेपानि तथा सरसफाई उपभोक्ता महासंघ नेपाल प्युठानको आयोजनामा भएको गोष्ठिको उद्धेश्य पानी परियोजनाको परिचय तथा जलाधार क्षेत्रको बस्तुगत विवरण (प्रोफाईल) निर्माण प्रक्रियाबारे जलाधार क्षेत्रका सरोकारवाला व्यक्तिहरुका विचमा छलफल गर्ने, जलाधार क्षेत्रका मुख्य मुद्धाहरुको पहिचान गरि लक्षित समुह छलफल र सम्वन्धित जानकारवालासंग अन्र्तवार्ताका लागि सामुहिक छलफल तथा घरधुरी सर्भेक्षण विधि र जलाधार क्षेत्रका संघ संस्था तथा निकायको सुशासन विश्लेषण गर्ने र राम्रा अभ्यासहरुको सुची तयार गर्ने रहेको सिंचाई महासंघ क्षेत्र नं ५ का अध्यक्ष लक्ष्मी प्रसाद राज भण्डारी ले जानकारी गराउनु भएको थियो ।

गोष्ठिको उद्घाटन सत्रमा वोल्दै सत्रका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लामा नया परियोजनाको रुपमा भित्रीएको पानी परियोजनालाई  प्युठान जिल्लामा दिगो रुपमा टिकाइ राखी काम गर्न  आग्रह गर्नुभएको छ ।  

गोष्ठिमा पानी परियोजनामा प्रयोग हुने प्राविधीक शव्दहरु , जलाधार क्षेत्रका खतरा तथा संकटासन्नता, जलाधार क्षेत्र व्यावस्थापनका विभिन्न विषयगत क्षेत्रसंग सम्वन्धित मुख्य सवालहरु, जलाधार क्षेत्रमा कार्यरत संघ संस्था तथा निकायको विश्लेषण, जलाधार क्षेत्रमा भएका अभ्यासहरुको वारेमा सहजीकरण गरिएको थियो । 

कार्यक्रममा सरोकावाला निकायका प्रमुख तथा प्रतिनीधि, पानी परियोजना नेपालका प्राविधिक विज्ञ दीपक रिजाल , पानी परियोजनाका जिल्ला कार्यक्रम संयोजक सिता पाण्डे, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 

गोष्ठिको सहजीकरण सामुहिक अभियान जनको हित विकास सिद्धान्तको अभियानता बेद सापकोटाले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी