२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा सुदुरपश्चिममै सबैभन्दा ठूलो सित भण्डार निर्माण हुँदै

२०७३, १८ चैत्र शुक्रबार ०२:४०

चैत १८, डडेल्धुरा । डडेल्धुरामा सुदूरपश्चिमकै ठूलो सित भण्डार अर्थात कोल्ड स्टोर निर्माण भईरहेको छ । 

कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका १ दहमा नयाँ प्रविधिसहितको उग्रतारा सित भण्डार प्राली निर्माण भईरहेको हो ।

 एक हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ प्रतिशत लगानीमा स्थापना भईरहको कोल्ड स्टोर निर्माण समितिका अध्यक्ष भोजराज भट्टले बताएका छन्  ।

 झण्डै आठ करोडको लगानीमा कोल्ड स्टोर निर्माण भइरहेको हो । ठूलो लगानीमा बन्न लागेको सित भण्डारमा दश हजार क्वीन्टलसम्म आलुको बिउ भण्डारण गर्न सकिनेछ ।

स्टोर निर्माण भईसके पछि यसबाट करिब नौँ सय घरधुरीहरु लाभान्वीत हुने र ५० देखि ६० जना व्यक्तिहरुले रोजगारी समेत पाउने अध्यक्ष भट्टले बताएका छन् ।

 दुई वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको उक्त कोल्ड स्टोर अबको तीन महिना भित्रै सञ्चालनमा आउने बताईएको छ । सुदूर पश्चिमको कञ्चनपुरमा पहिलो पटक पाँच सय मेट्रिकटनको कोल्ड स्टोर निमार्ण भईसकेको र दोस्रो कोल्ड स्टोरको रुपमा डडेल्धुरामा सुदू्रपश्चिमकै ठूलो क्षमता भएको एक हजार मेट्रिक टनको कोल्ड स्टोर निर्माण कार्य तिब्र रुपमा भईरहेको छ । स्टोर निमार्णको ८० प्रतिशत काम सम्पन्न भईसकेको निर्माण पक्षले जनाएको छ ।

 जिल्लामा आलुको बिउ प्रसस्त मात्रामा उत्पादन हुँदा–हँुदै पनि भण्डारण गर्न नसकिएको हुँदा अन्य जिल्लाबाट बिउहरु ल्याउनु पर्ने बाध्यता रहेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वागवानी अधिकृत सुदीप देवकोटाले बताएका छन् । तर कोल्ड स्टोर निर्माण भई सञ्चालनमा आएमा जिल्लामै उत्पादित आलुको बिउ र बिभिन्न कृषि उपजहरुलाई भण्डारण गरि पुनः बिउको लागि प्रयोग गर्न सकिने उनले बताएका छन् । 

कोल्ड स्टोरले सुदुरपश्चिमको पहाडि जिल्लामा उत्पादित खाद्यान्न, आलुको बिउ र  फलफुलहरु सञ्चित गर्न निकै नै सहयोग पुग्ने विश्वास लिईएको छ । यस्तै उत्पादित कृषि उपजलाई भण्डारण गरेर मुल्य बृद्धि भएपछि बिक्रि बितरण गर्दा किसानहरुले राम्रो आम्दानी गर्न सक्ने पनि विश्वास लिईएको छ । बिरेन्द्र जैरुको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी