२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा सुदुरपश्चिममै सबैभन्दा ठूलो सित भण्डार निर्माण हुँदै

१८ चैत्र २०७३, शुक्रबार ०२:४०

चैत १८, डडेल्धुरा । डडेल्धुरामा सुदूरपश्चिमकै ठूलो सित भण्डार अर्थात कोल्ड स्टोर निर्माण भईरहेको छ । 

कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका १ दहमा नयाँ प्रविधिसहितको उग्रतारा सित भण्डार प्राली निर्माण भईरहेको हो ।

 एक हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ प्रतिशत लगानीमा स्थापना भईरहको कोल्ड स्टोर निर्माण समितिका अध्यक्ष भोजराज भट्टले बताएका छन्  ।

 झण्डै आठ करोडको लगानीमा कोल्ड स्टोर निर्माण भइरहेको हो । ठूलो लगानीमा बन्न लागेको सित भण्डारमा दश हजार क्वीन्टलसम्म आलुको बिउ भण्डारण गर्न सकिनेछ ।

स्टोर निर्माण भईसके पछि यसबाट करिब नौँ सय घरधुरीहरु लाभान्वीत हुने र ५० देखि ६० जना व्यक्तिहरुले रोजगारी समेत पाउने अध्यक्ष भट्टले बताएका छन् ।

 दुई वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको उक्त कोल्ड स्टोर अबको तीन महिना भित्रै सञ्चालनमा आउने बताईएको छ । सुदूर पश्चिमको कञ्चनपुरमा पहिलो पटक पाँच सय मेट्रिकटनको कोल्ड स्टोर निमार्ण भईसकेको र दोस्रो कोल्ड स्टोरको रुपमा डडेल्धुरामा सुदू्रपश्चिमकै ठूलो क्षमता भएको एक हजार मेट्रिक टनको कोल्ड स्टोर निर्माण कार्य तिब्र रुपमा भईरहेको छ । स्टोर निमार्णको ८० प्रतिशत काम सम्पन्न भईसकेको निर्माण पक्षले जनाएको छ ।

 जिल्लामा आलुको बिउ प्रसस्त मात्रामा उत्पादन हुँदा–हँुदै पनि भण्डारण गर्न नसकिएको हुँदा अन्य जिल्लाबाट बिउहरु ल्याउनु पर्ने बाध्यता रहेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वागवानी अधिकृत सुदीप देवकोटाले बताएका छन् । तर कोल्ड स्टोर निर्माण भई सञ्चालनमा आएमा जिल्लामै उत्पादित आलुको बिउ र बिभिन्न कृषि उपजहरुलाई भण्डारण गरि पुनः बिउको लागि प्रयोग गर्न सकिने उनले बताएका छन् । 

कोल्ड स्टोरले सुदुरपश्चिमको पहाडि जिल्लामा उत्पादित खाद्यान्न, आलुको बिउ र  फलफुलहरु सञ्चित गर्न निकै नै सहयोग पुग्ने विश्वास लिईएको छ । यस्तै उत्पादित कृषि उपजलाई भण्डारण गरेर मुल्य बृद्धि भएपछि बिक्रि बितरण गर्दा किसानहरुले राम्रो आम्दानी गर्न सक्ने पनि विश्वास लिईएको छ । बिरेन्द्र जैरुको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ