२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शशस्त्र भवनको छानो लगाउन बजेट अभाव

२०७३, २२ चैत्र मंगलवार ०८:३७

प्रकाश धौलाकोटी/चैत २२, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको सशस्त्र प्रहरी बल, सुरक्षा वेश क्याम्पको भवन पुनःनिर्माणका लागि बजेट अभाव भएको छ । शनिबार राति आएको हावाहुरीले शशस्त्र प्रहरी बेस क्याम्प भवनको छानो उडाएको थियो । 

छानो उडेपछि त्रिपाल ओढाएर भवन प्रयोगमा छ । तर तुरुन्तै मर्मत सम्भार गर्नुपर्ने भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको शशस्त्र प्रहरी वेस क्याम्प प्रमुख प्रहरी निरीक्षक सानुकान्छा तुवानाबासुले जानकारी दिनुभयो । हावाहुरीले भवनको जस्तापाताको छानोसँगै गाह्रो समेत भत्काइएको छ । 

भवन मर्मतकालागि स्थानीयले आर्थिक सहयोग संकलन गर्ने अभियान थालेका छन् । सोमबार सक्रान्तिबजारका व्यापारीबाट ४७ हजार ३ सय रूपैयाँ संकलन गरिएको आठराई पत्रकार समाजका अध्यक्ष अमृत बाँस्तोलाले बताउनुभयो । हावाहुरीबाट ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

भवनमा क्षति भएलगत्तै स्थानीय राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सरोकारवालासंग छलफल गरि पुनःनिर्माणका लागि आवश्यक स्रोत जुटाउन सम्बन्धित निकायमा पहल थालिएको वेस क्याम्प प्रमुख प्रहरी निरीक्षक तुवानाबासुले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी