विमल धामी/चैत २४, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. २ मा खानेपानी निर्माण कार्य शुरु भएको छ ।

खानेपानी निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी/चैत २४, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. २ मा खानेपानी निर्माण कार्य शुरु भएको छ ।

खानेपानी निर"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेल्डाँडी खानेपानी ट्याङ्की निर्माण कार्य शुरु

२४ चैत्र २०७३, बिहीबार ०७:११


विमल धामी/चैत २४, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. २ मा खानेपानी निर्माण कार्य शुरु भएको छ ।

खानेपानी निर्माण कार्यका लागि सेती महाकाली ड्रिल उद्योगले ठेक्का पाएको बेल्डाँडी गाउँपालिकाका सुचना अधिकृत राज बहादुर बिष्टले जानकारी गराउँनु भयो । बेल्डाँडी खानेपानीका लागि ५० लाख बिनियोजन भएको जिल्ला खानेपानीले जनाएको हो । 

बेल्डाँडी साविक नगरपालिकाका १,२ र ३ नं. लाई पायक पर्ने गरि खानेपानी निर्माण कार्य शुरु भएको हो । बेल्डाँडी गाउँपालिकाले खानेपानीका लागि पुरानो ईलाका प्रहरी कार्यालयको ५ कट्टा जमिन दिईएको बेल्डाँडी सर्वदलिय नेता सन्देश पाण्डेयले जानकारी गराउँनु भयो । 

उनले भने “ बेल्डाँडीमा खानेपानीमा आर्सनीकको मात्रा धेरै भएको र विकासको पुर्वाधार मध्ये अति आवश्यक आधार खानेपानी भएकाले आफुहरुले खानेपानीका लागि पटक पटक माग गर्दै आएको बताए ।” 

बेल्डाँडीको खल्ला क्षेत्र बैवाह भिलमिलाका र खैरीघाटका लागि पनि २ ठाउँमा ट्याङ्की निर्माणका लागि  पहल गरिएको पाण्डेयले जानकारी गराउनु भयो । बेल्डाँडी खानेपानीका लागि यो भन्दा पहिले जनक धामीको नेतृत्वमा बेल्डाँडी खानेपानी उपभोक्ता समिति गठन भएको तर एक्लौटी ढंगले समिति बनाएको भन्दै अधिकांश स्थानियहरुले समिति खारेजको लागि जिल्ला खानेपानीमा उजुरी निवेदन दिएपछि खानेपानी उपभोक्ता सिमिति गठन प्रकृया रोकिएको थियो । 

समिति नभएको अवस्थामा जिल्ला खानेपानीले निर्माण कार्य नरोकिने भन्दै काम अगाडी बढाउन निर्माण कम्पनिलाई निर्देशन दिएको हो । बेल्डाँडीमा खानेपानी ट्याङ्की निर्माण कार्य शुरु भएको देखेर बेल्डाँडीका स्थानिय हर्षित भएका छन् । बेल्डाँडी वडा नं. २ का स्थानिय ब्यापारी बिष्णु उपाध्यायले भने “ स्वास्थ्यका लागि शुद्ध खाने पानी बेल्डाँडीमा अति आवश्यक भएको बताए । सो निर्माण कार्य देखेर आफुहरु हर्षित भएको बताए ।

यसरी बेल्डाँडीमा खानेपानीको कार्य पहिलो पटक लागु हुदा स्थानियहरुमा खुसी छाएको छ । बेल्डाँडी गाउँपालिकाको धेरै आर्सनीक भएको क्षेत्र बैवाह, इमलिया,  झिलमीला र खैरीघाट रहेको एक अध्यनले जनाएको छ । 

उक्त ठाउँमा खानेपानी ब्यवस्थापनका लागि स्थानियहरुले जोडदार माग गर्दै आए पनि स्थानियको आवाज राज्यले नसुनिदिएको प्रति स्थानियहरु चिन्तित बनेका छन् । स्थानिय स्तरका नेताहरुले खानेपानीका लागि पहल भएको भन्दै आसवासन दिदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ