विमल धामी/चैत २४, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. २ मा खानेपानी निर्माण कार्य शुरु भएको छ ।

खानेपानी निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी/चैत २४, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. २ मा खानेपानी निर्माण कार्य शुरु भएको छ ।

खानेपानी निर"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेल्डाँडी खानेपानी ट्याङ्की निर्माण कार्य शुरु

२०७३, २४ चैत्र बिहीबार ०७:११


विमल धामी/चैत २४, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. २ मा खानेपानी निर्माण कार्य शुरु भएको छ ।

खानेपानी निर्माण कार्यका लागि सेती महाकाली ड्रिल उद्योगले ठेक्का पाएको बेल्डाँडी गाउँपालिकाका सुचना अधिकृत राज बहादुर बिष्टले जानकारी गराउँनु भयो । बेल्डाँडी खानेपानीका लागि ५० लाख बिनियोजन भएको जिल्ला खानेपानीले जनाएको हो । 

बेल्डाँडी साविक नगरपालिकाका १,२ र ३ नं. लाई पायक पर्ने गरि खानेपानी निर्माण कार्य शुरु भएको हो । बेल्डाँडी गाउँपालिकाले खानेपानीका लागि पुरानो ईलाका प्रहरी कार्यालयको ५ कट्टा जमिन दिईएको बेल्डाँडी सर्वदलिय नेता सन्देश पाण्डेयले जानकारी गराउँनु भयो । 

उनले भने “ बेल्डाँडीमा खानेपानीमा आर्सनीकको मात्रा धेरै भएको र विकासको पुर्वाधार मध्ये अति आवश्यक आधार खानेपानी भएकाले आफुहरुले खानेपानीका लागि पटक पटक माग गर्दै आएको बताए ।” 

बेल्डाँडीको खल्ला क्षेत्र बैवाह भिलमिलाका र खैरीघाटका लागि पनि २ ठाउँमा ट्याङ्की निर्माणका लागि  पहल गरिएको पाण्डेयले जानकारी गराउनु भयो । बेल्डाँडी खानेपानीका लागि यो भन्दा पहिले जनक धामीको नेतृत्वमा बेल्डाँडी खानेपानी उपभोक्ता समिति गठन भएको तर एक्लौटी ढंगले समिति बनाएको भन्दै अधिकांश स्थानियहरुले समिति खारेजको लागि जिल्ला खानेपानीमा उजुरी निवेदन दिएपछि खानेपानी उपभोक्ता सिमिति गठन प्रकृया रोकिएको थियो । 

समिति नभएको अवस्थामा जिल्ला खानेपानीले निर्माण कार्य नरोकिने भन्दै काम अगाडी बढाउन निर्माण कम्पनिलाई निर्देशन दिएको हो । बेल्डाँडीमा खानेपानी ट्याङ्की निर्माण कार्य शुरु भएको देखेर बेल्डाँडीका स्थानिय हर्षित भएका छन् । बेल्डाँडी वडा नं. २ का स्थानिय ब्यापारी बिष्णु उपाध्यायले भने “ स्वास्थ्यका लागि शुद्ध खाने पानी बेल्डाँडीमा अति आवश्यक भएको बताए । सो निर्माण कार्य देखेर आफुहरु हर्षित भएको बताए ।

यसरी बेल्डाँडीमा खानेपानीको कार्य पहिलो पटक लागु हुदा स्थानियहरुमा खुसी छाएको छ । बेल्डाँडी गाउँपालिकाको धेरै आर्सनीक भएको क्षेत्र बैवाह, इमलिया,  झिलमीला र खैरीघाट रहेको एक अध्यनले जनाएको छ । 

उक्त ठाउँमा खानेपानी ब्यवस्थापनका लागि स्थानियहरुले जोडदार माग गर्दै आए पनि स्थानियको आवाज राज्यले नसुनिदिएको प्रति स्थानियहरु चिन्तित बनेका छन् । स्थानिय स्तरका नेताहरुले खानेपानीका लागि पहल भएको भन्दै आसवासन दिदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी