चैत २४, खोटाङ । जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ । 

नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २४, खोटाङ । जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ । 

नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ ग"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ वर्षमा रुपाकोट महोत्सव हुने

२४ चैत्र २०७३, बिहीबार ०९:१२

चैत २४, खोटाङ । जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ । 

नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते प्रथम रुपाकोट महोत्सवको आयोजना गरिएको हो । रुपाकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जिल्लाको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक जिल्ला समन्वय समिति, खोटाङका स्थानीय विकास अधिकारी राजनकुमार बिसीले जानकारी दिनुभयो । 

महोत्सवले पर्यटकीय क्षेत्र रुपाकोटको प्रचार–प्रसारका साथै योजना निर्माणका लागि उपयोगी हुने स्थानीय विकास अधिकारी बिसीको भनाइ छ । सदरमुकाम दिक्तेलबाट करिब तीनघण्टा पैदल यात्रापछि पुगिने रुपाकोटमा नयाँ वर्षको अवसर पारेर पिकनिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि सयौँको सङ्ख्यामा मानिस पुग्ने गरेका छन् । 

मनोरम प्राकृतिक दृष्य, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुका साथै महत्वपूर्ण जडिबुटी पाइने रुपाकोट क्षेत्रमा हरेक वर्ष नयाँ वर्षका दिन आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । 

रुपाकोट डाँडाबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमालहरु राम्ररी देख्न सकिन्छ । रुपाकोटको प्राकृतिक सौन्दर्यसंगै सोही क्षेत्रमा पर्ने सिद्धबाबाको गुफा दर्शनका लागि पनि उत्तिकै भक्तजन आउने गरेका छन् । 

वैशाख पूर्णिमाको दिन सिद्धबाबाको गुफामा जिल्ला तथा जिल्ला बाहिरका लामा भेला भएर पूजापाठ गर्ने गरेका छन् । रुपाकोट आसपासका बासिन्दाहरुले मनोकाङ्क्षा पूरा गर्नका साथै घर–परिवारमा सुखशान्ति मिलोस्, खेतीपाती सप्रियोस्, एवम् गाउँ, समाज र पशुचौपायामा दैविप्रकोप नपरोस भन्दै श्रद्धाकासाथ सिद्ध बाबाको पूजा गर्छन् । 

रुपाकोट क्षेत्रमा सिद्धबाबाले तपस्या गरेको स्थानका साथै महत्वपूर्ण जडिबुटीसमेत पाइने भएकाले अत्यन्तै पवित्र क्षेत्र मानिन्छ । महोत्सवका लागि रुपाकोट सामुदायिक वन उपभोक्ता समूहले चैतको दोस्रो सातामा अन्तरक्रिया पनि सम्पन्न गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ