चैत २४, खोटाङ । जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ । 

नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २४, खोटाङ । जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ । 

नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ ग"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ वर्षमा रुपाकोट महोत्सव हुने

२०७३, २४ चैत्र बिहीबार ०९:१२

चैत २४, खोटाङ । जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ । 

नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते प्रथम रुपाकोट महोत्सवको आयोजना गरिएको हो । रुपाकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जिल्लाको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक जिल्ला समन्वय समिति, खोटाङका स्थानीय विकास अधिकारी राजनकुमार बिसीले जानकारी दिनुभयो । 

महोत्सवले पर्यटकीय क्षेत्र रुपाकोटको प्रचार–प्रसारका साथै योजना निर्माणका लागि उपयोगी हुने स्थानीय विकास अधिकारी बिसीको भनाइ छ । सदरमुकाम दिक्तेलबाट करिब तीनघण्टा पैदल यात्रापछि पुगिने रुपाकोटमा नयाँ वर्षको अवसर पारेर पिकनिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि सयौँको सङ्ख्यामा मानिस पुग्ने गरेका छन् । 

मनोरम प्राकृतिक दृष्य, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुका साथै महत्वपूर्ण जडिबुटी पाइने रुपाकोट क्षेत्रमा हरेक वर्ष नयाँ वर्षका दिन आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । 

रुपाकोट डाँडाबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमालहरु राम्ररी देख्न सकिन्छ । रुपाकोटको प्राकृतिक सौन्दर्यसंगै सोही क्षेत्रमा पर्ने सिद्धबाबाको गुफा दर्शनका लागि पनि उत्तिकै भक्तजन आउने गरेका छन् । 

वैशाख पूर्णिमाको दिन सिद्धबाबाको गुफामा जिल्ला तथा जिल्ला बाहिरका लामा भेला भएर पूजापाठ गर्ने गरेका छन् । रुपाकोट आसपासका बासिन्दाहरुले मनोकाङ्क्षा पूरा गर्नका साथै घर–परिवारमा सुखशान्ति मिलोस्, खेतीपाती सप्रियोस्, एवम् गाउँ, समाज र पशुचौपायामा दैविप्रकोप नपरोस भन्दै श्रद्धाकासाथ सिद्ध बाबाको पूजा गर्छन् । 

रुपाकोट क्षेत्रमा सिद्धबाबाले तपस्या गरेको स्थानका साथै महत्वपूर्ण जडिबुटीसमेत पाइने भएकाले अत्यन्तै पवित्र क्षेत्र मानिन्छ । महोत्सवका लागि रुपाकोट सामुदायिक वन उपभोक्ता समूहले चैतको दोस्रो सातामा अन्तरक्रिया पनि सम्पन्न गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी