पर्सा, २७ चैत । भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ । 

नेपाल सरकारक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्सा, २७ चैत । भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ । 

नेपाल सरकारक"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पपीडितका लागि आयात गरिएको ५० हजार बन्डल जस्तापाता त्यसै थन्कियो

२७ चैत्र २०७३, आईतवार ०६:११

पर्सा, २७ चैत । भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ । 

नेपाल सरकारको आदेशमा साल्ट्र ट्रेडीङ कर्पोरेसनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको खुल्ला आकाशमुनि चौरमा भण्डारण गरेर राखिएको हो । 

भूकम्पपीडितलाई वितरण गर्नका लागि साल्ट्र ट्रेडीङले २०७२ सालको साउनमा भारतबाट वीरगन्ज नाका हुँदै ५० हजार बन्डलमा रहेको ३० लाख २० हजार ६६२ केजी जस्तापाता आयात गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । 

ती सबै जस्तापाता खुल्ला चौरमै राखिएका कारण खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन् । 

आपूर्ति मन्त्रालयको आपूर्ति तथा व्यापार विभागबाट कुनै निर्देशन नआएकाले भूकम्प प्रभावित जिल्लामा जस्तापाता पठाउन नसकिएको साल्ट्र ट्रेडीङ कर्पोरेसन वीरगन्जका प्रमुख अमोज लामिछानेले बताउनुभयो । 

उहाँले सरकारकै निर्देशनमा आयात गरिएको जस्तापाता वीरगन्जको साल्ट ट्रेडिङ कर्पोरेसन परिसरमा ठाउँ नभएका कारण खाद्य संस्थान परिसरको खुल्ला चौरमा राखिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ