चैत्राष्टमी मेला ०७३ को प्रारम्भिक आय ब्यय विवरण सार्बजनिक गरिएको छ । चैत्र १६ देखि २३ गतेसम्म संचालित मेलामा राष्टिय लोक दोहोरी, कालिका कप भलिबल, चैत्राष्टमी कप फुटबल, छेलो प्रतियोगिता समावेश गरिएको थियो । साथै स्थानिय तथा ख्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्राष्टमी मेला ०७३ को प्रारम्भिक आय ब्यय विवरण सार्बजनिक गरिएको छ । चैत्र १६ देखि २३ गतेसम्म संचालित मेलामा राष्टिय लोक दोहोरी, कालिका कप भलिबल, चैत्राष्टमी कप फुटबल, छेलो प्रतियोगिता समावेश गरिएको थियो । साथै स्थानिय तथा ख्या"/>
२ माघ २०८२, बिहीबार
अर्थ/विकास

चैत्राष्टमी मेला ०७३ को आय व्यय सार्बजनिक

२८ चैत्र २०७३, सोमबार ०६:२४

चैत्राष्टमी मेला ०७३ को प्रारम्भिक आय ब्यय विवरण सार्बजनिक गरिएको छ । चैत्र १६ देखि २३ गतेसम्म संचालित मेलामा राष्टिय लोक दोहोरी, कालिका कप भलिबल, चैत्राष्टमी कप फुटबल, छेलो प्रतियोगिता समावेश गरिएको थियो । साथै स्थानिय तथा ख्याती प्राप्त कलाकारहरुले सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए । रमाइलो बाल उद्यान र सस्तो बजारले पनि मेलाको आकर्षण थपेको थियो । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

सोमबार आयोजित पत्रकार भेटघाटमा मूल संयोजक राजु खड्काले प्रारम्भिक आय व्यय सार्वजनिक गर्दै १९ लाख ८० हजार २ सय रुपैयां खर्च भएको र १४ लाख ८४ हजार १ सय १० रुपैयां आय भएको जानकारी दिनु भयो । साथै ६ लाख ५५ हजार रुपैयां आयोजक सस्थाहरु तथा प्रायोजक आदीबाट जम्मा हुन बाकी रहेको खड्काले जानकारी दिनु भयो । मेलाको नाममा ४४ हजार १ सय १० मौज्दात रहेको छ ।

चैत्राष्टमी मेलाको आय ब्ययको हिसाव बढीमा ३ महिना भित्र सार्बजनिक गरिने आर्थिक संयोजक कुमार खड्काले बताउनु भयो । मेला व्यवस्थापन समितिले पाउनु पर्ने रकम समयमै उपलब्ध गराइ दिन उहांले आग्रह गर्नु भयो । 

कालिका भगवती गुठीको मूल संयोजनमा आयोजित चैत्राष्टमी मेलामा जिल्ला समन्वय समिति, बानपा कार्यालय, रामरेखा सामुदायिक बन लगायतका ११ सस्थाहरु आयोजक रहेका थिए । मेलाको उप प्रधान मन्त्रि कमल थापाले उद्घाटन गर्नु भएको थियो । मेला व्यवस्थापनमा सहयोग गर्नु हुने सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ