महेन्द्र केसी पर्वत । नव बर्षको अबसरपारी आजभन्दा ठिक एक बर्ष अगाडि कुश्मामा संचालनमा आएको होटल बेञ्जु प्रालिले एक बर्ष पुरा गरेको छ । सफताका साथ एक बर्ष पुरा गरेको अबसरमा पत्रकार सम्मेलन गरी होटल संचालक विषम कुमार श्रेष्ठले होटल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । नव बर्षको अबसरपारी आजभन्दा ठिक एक बर्ष अगाडि कुश्मामा संचालनमा आएको होटल बेञ्जु प्रालिले एक बर्ष पुरा गरेको छ । सफताका साथ एक बर्ष पुरा गरेको अबसरमा पत्रकार सम्मेलन गरी होटल संचालक विषम कुमार श्रेष्ठले होटल"/>
५ कार्तिक २०८१, सोमबार
अर्थ/विकास

यसरी मनायो बेञ्जुले आफ्नोे एक बर्ष (फोटो फिचर)

१ बैशाख २०७४, शुक्रबार १३:३६

महेन्द्र केसी पर्वत । नव बर्षको अबसरपारी आजभन्दा ठिक एक बर्ष अगाडि कुश्मामा संचालनमा आएको होटल बेञ्जु प्रालिले एक बर्ष पुरा गरेको छ । सफताका साथ एक बर्ष पुरा गरेको अबसरमा पत्रकार सम्मेलन गरी होटल संचालक विषम कुमार श्रेष्ठले होटलले बर्षदिनमा  गरेको सफलताको कथा सुनाए ।

नव बर्षकै दिनमा आफ्नो सेवाहरु प्रराम्भ गरेको एक बर्ष पुरा भएको अबसरमा केक काटेर बेञ्जुले आफ्नो सफताको एक बर्ष मनाएको हो । सोही अबसरमा गत बर्ष सवारी दुर्घटनामा परी घाइते भएका र हाल उपचारकै क्रममा रहेका पत्रकार रामकृष्ण लामिछानेलाई आर्थिक सहयोग समेत गरेको छ । पत्रकार लामिछानेको उपचारको लागि ७ हजार ५ सय आर्थिक सहयोग गरेका हुन् ।

Image may contain: 3 people, people sitting

होटल संचालक विषम कुमार श्रेष्ठले पत्रकारहरुकै कारण होटलले बर्षदिन सफलताका साथ विताएको बताए । पर्यटकीय क्षेत्रका रुपमा बामे सरेको कुश्मा बजार त्यसमा उच्चस्तरीय होटलको संचालन गर्न खोज्नु आफैमा चुनौती रहेता पनि पत्रकारहरुले गरेको सूचना प्रवाहका कारण पनि आज होटलले एक बर्ष सफलताका साथ मनाउन सफल भएको भन्दै आमसंचारको तागतको प्रशंसा गरे ।

उनले जिल्लामा पर्यटकीय सम्भावना, उच्चस्तरीय होटलको कमी भएता पनि अझै जिल्लाको पर्यटकीय क्षेत्रको विकास र विस्तार भने हुन नसकेको बताए ।

Image may contain: 6 people, people sitting and indoor

जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई अझै पनि प्रचारप्रसारमा ल्याउन नसकिएको र पर्यटकहरुलाई वान नाइट बढी राख्ने बातबरण तय नभएको भन्दै यसमा यहाँका सचेत नागरिक र विकास प्रेमी लाग्नुपर्नेमा जोड दिए ।  बर्षदिनमा होटलले ४५ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको उनले बताए । बर्षदिनमा ३७४५ रुम बुकिङ भएको होटलले जनाएको छ ।

 ९ करोडको लागतमा निर्माण भएको होटलले छोटो समयमानै जिल्लामा रोजाईको होटल बन्न सफल भएको छ । आन्तरीक तथा बाह्य पर्यटकहरुको लागि समेत होटल रोजाइको होटल बन्न सफल भएको छ ।

Image may contain: one or more people

होटलमा १ हजारदेखि १५ सयसम्ममा आकर्षक (डिलक्स)) कोठाको व्यवस्था, ५० जना अट्न सक्ने २ मिटिङ हलसहति २५० जनासम्म बसेर कार्यक्रम गर्न सकिने सेमिनार तथा पार्टी हलको सुविधा, २४ संै घण्टा तातो चिसो पानीका साथै फ्रि वाइफाइ सुविधा, पर्यटककालागि एक दिने टुर व्याकेजको व्यवस्था र सवारी साधनका लागि उपयुक्त पार्किङको व्यवस्था लगायतका सेवाहरु दिदै आएको छ । 

 

Image may contain: 3 people, people sitting, fire and food

Image result for hotel benju


Related image


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप