२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

२०७४, २ बैशाख शनिबार ०७:५०

बैशाख २, म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरण हुने आयोजनाको क्षमता विस्तार भएको छ । 

करिब साढे छ करोड रुपैयाँको लागतमा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आयोजनाको क्षमत्ता विस्तार गरेको हो । आयोजनाको क्षमता विस्तार भएपछि म्याग्दी सदरमुकाम बेनी बजारमा चौबिसैघन्टा नियमित खानेपानी वितरण सुरु गरेको संस्थाले जनाएको छ । १५ महिनाअघि सुरु भएको क्षमता विस्तार योजनाको बिहीबार गरिएको परीक्षण सफल भएपछि नियमित पानी वितरण सुरु गरिएको हो । 

राम्चे र बाँसखर्कको सिमानामापर्ने पुम्दी र रिठाखर्कको मुहानबाट आयोजनाको ट्याङ्कीसम्म १० किलोमिटर पाइपलाइनबाट थप बीस लिटर प्रतिसेकेन्ड पानी आपूर्ति गरिएको संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो । 

यसअघि पुम्दी खोला र कोप्रे दूधेखोलाको मुहानबाट प्रतिसकेन्ड १२ लिटरका दरले पानी आपूर्ति हुँदै आएको थियो । हाल प्रतिसेकेन्ड बीस लिटर खानेपानीको माग रहेको बेनीमा आलोपालो प्रणाली (लोडसेडिङ) गरेर खानेपानी वितरण गरिँदै आएको संस्थाका प्रबन्धक चन्द्रबहादुर थापाले बताउनुभयो । 

माग अनुसार खानेपानी आपूर्ति नहुँदा उपभोक्ताले बैकल्पिक स्रोतबाट पानीको व्यवस्था गरेका थिए । संस्था अन्तरगत ९५० घरधुरी उपभोक्ता छन् । थप पचास घरधुरी उपभोक्ता थपिने क्रममा छन् । 

अहिलेको जनसंख्या वृद्धिदर अनुसार आगामी दश वर्षसम्मका लागि आयोजनाबाट सबै उपभोक्ताको घरमा नियमित शुद्ध खानेपानी आपुर्ति गर्ने संस्थाका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । 

लक्ष्य अनुसारकै समय अवधिमा आयोजनाको काम सकिएको हो । क्षमता विस्तार योजनामा सरकारको सत्तरी प्रतिशत अनुदान र उपभोक्ताको तीस प्रतिशत लगानी भएको छ । उपभोक्ताबाट पाँच प्रतिशत नगद संकलन र २५ प्रतिशत नगर विकास कोषबाट ऋण लिएर आयोजनाको क्षमता विस्तार गरिएको बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी