२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

२ बैशाख २०७४, शनिबार ०७:५०

बैशाख २, म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरण हुने आयोजनाको क्षमता विस्तार भएको छ । 

करिब साढे छ करोड रुपैयाँको लागतमा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आयोजनाको क्षमत्ता विस्तार गरेको हो । आयोजनाको क्षमता विस्तार भएपछि म्याग्दी सदरमुकाम बेनी बजारमा चौबिसैघन्टा नियमित खानेपानी वितरण सुरु गरेको संस्थाले जनाएको छ । १५ महिनाअघि सुरु भएको क्षमता विस्तार योजनाको बिहीबार गरिएको परीक्षण सफल भएपछि नियमित पानी वितरण सुरु गरिएको हो । 

राम्चे र बाँसखर्कको सिमानामापर्ने पुम्दी र रिठाखर्कको मुहानबाट आयोजनाको ट्याङ्कीसम्म १० किलोमिटर पाइपलाइनबाट थप बीस लिटर प्रतिसेकेन्ड पानी आपूर्ति गरिएको संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो । 

यसअघि पुम्दी खोला र कोप्रे दूधेखोलाको मुहानबाट प्रतिसकेन्ड १२ लिटरका दरले पानी आपूर्ति हुँदै आएको थियो । हाल प्रतिसेकेन्ड बीस लिटर खानेपानीको माग रहेको बेनीमा आलोपालो प्रणाली (लोडसेडिङ) गरेर खानेपानी वितरण गरिँदै आएको संस्थाका प्रबन्धक चन्द्रबहादुर थापाले बताउनुभयो । 

माग अनुसार खानेपानी आपूर्ति नहुँदा उपभोक्ताले बैकल्पिक स्रोतबाट पानीको व्यवस्था गरेका थिए । संस्था अन्तरगत ९५० घरधुरी उपभोक्ता छन् । थप पचास घरधुरी उपभोक्ता थपिने क्रममा छन् । 

अहिलेको जनसंख्या वृद्धिदर अनुसार आगामी दश वर्षसम्मका लागि आयोजनाबाट सबै उपभोक्ताको घरमा नियमित शुद्ध खानेपानी आपुर्ति गर्ने संस्थाका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । 

लक्ष्य अनुसारकै समय अवधिमा आयोजनाको काम सकिएको हो । क्षमता विस्तार योजनामा सरकारको सत्तरी प्रतिशत अनुदान र उपभोक्ताको तीस प्रतिशत लगानी भएको छ । उपभोक्ताबाट पाँच प्रतिशत नगद संकलन र २५ प्रतिशत नगर विकास कोषबाट ऋण लिएर आयोजनाको क्षमता विस्तार गरिएको बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ