२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जोगमाई खोलाबाट ७.५ मेगावाट विद्युत् उत्पादन

३ बैशाख २०७४, आईतवार ०७:०४

बैशाख ३, इलाम । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ । 

निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको हो । “प्राधिकरणका प्राविधिकहरूको रोहवरमा विद्युत्गृहको सफल परीक्षणपछि परीक्षण विद्युत् उत्पादन सुरु भएको हो” – सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोखरेलले भन्नुभयो । 

पोखरेलका अनुसार हाल उत्पादित विद्युत् प्राधिकरणको गोदकस्थित १३२ र ३३ केभी सवस्टेसनमा आपूर्ति भएको छ । उक्त विद्युत्गृहले वार्षिक रूपमा ४३ लाख युनिट बिजुली उत्पादन गर्छ । आयोजनाले उत्पादन गरेको सबै बिजुली विद्युत्गृहदेखि काबेली करिडोरअन्तर्गत ३३ केभी प्रसारण लाइनमार्फत गोदकस्थित सवस्टेसनमा पु¥याइएको छ । 

आयोजनाले ३० वर्षका लागि प्राधिकरणसँग बर्खायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयाममा प्रतियुनिट आठ रूपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिएअनुसार व्यापारिक उत्पादन भएको मितिदेखि पाँच वर्षसम्मका लागि वार्षिक तीन प्रतिशत मूल्य वृद्धि हुनेछ । 

आयोजना पूरा हुन २७ महिना लागेको थियो । रु एक अर्ब ५० करोडको लागतमा आयोजना सम्पन्न भएको प्रबन्ध निर्देशक पोखरेलले बताउनुभयो । आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा प्रभु बैंक, विभोर सोसाइटी बैंक र कैलाश विकास बैं्कले लगानी गरेका छन् । 

यस आयोजनामा अन्तर्राष्ट्रियस्तरमा जडित उपकरण छन् र कतिपय इलेक्ट्रो मेकानिकल उपकरणहरू पहिलोपटक नेपालमा भित्र्याइएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु