२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दश करोडको कारोबार गर्दै सकियो भक्तपुर व्यापार मेला

३ बैशाख २०७४, आईतवार १०:२२

वैशाख ३,भक्तपुर। सल्लाघारीमा गत चैत २२ गतेदेखि सुरु भएको १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु १० करोडको कारोबार भएको छ । 

औद्योगिक शान्ति नेपालले आयोजना गरेको मेलामा चार लाख मानिसले अवलोकन गरेको आज आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले दुई सय २५ स्टल राखिएको मेलामा दैनिक चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति एवम् सामानमा ४० प्रतिशतसम्म छुट दिएकाले उपभोक्ताको घुइँचो लागेको आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल बज्राचार्यले जानकारी दिनुभयो । 

मेलामा सयभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले हास्यव्यङ्ग्य, प्रहसन, गीत, नृत्य, जादूगरलगायत प्रस्तुतिका साथै नृत्य प्रतियोगिता सञ्चालन गरिएकै कारण पनि सहभागीको उत्साहजनक सहभागिता रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिनुभयो । मेलामा दैनिक उपभोग्य सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकँुडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल, खेल सामग्री, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स लगायतका सामानको स्टल राखिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ