२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

४ बैशाख २०७४, सोमबार ०६:०८

बैशाख ४, म्याग्दी । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा रु ११ लाख सहयोग गरेका छन् । 

म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । सोही टोलीलाई बहराइनमा रहेका म्याग्देलीले रु ११ लाख सहयोग गरेका कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । 

आर्थिकरुपमा विपन्नलाई उपचारका लागि सहयोग गर्दै आएको कोषले रु डेढ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको छ । २०७१ सालमा स्थापना भएको संस्थाले हालसम्म ३५ जनाभन्दा धेरैको उपचारका लागि सहयोग गरिसकेको छ । बहराइनबाट सहयोग गर्ने म्याग्दीका मनकारीले संस्थाको पवित्र उद्देश्यलाई सफल पार्नका लागि आफूहरूले आर्थिक सहयोग गरेको बताएका छन् । 

प्रतिव्यक्ति रु छ हजारदेखि एक लाखभन्दा धेरै सहयोग प्राप्त भएको कोषका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार बहराइनबाट प्राप्त सहयोगले आगामी दिनमा कोषको लक्ष्य हासिल गर्नका लागि थप प्रेरणा मिलेको छ । 

म्याग्दी उद्धार समिति बहराइनका अध्यक्ष तेजेन्द्र थापाले आगामी दिनमा पनि आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ