२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

२०७४, ४ बैशाख सोमबार ०६:०८

बैशाख ४, म्याग्दी । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा रु ११ लाख सहयोग गरेका छन् । 

म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । सोही टोलीलाई बहराइनमा रहेका म्याग्देलीले रु ११ लाख सहयोग गरेका कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । 

आर्थिकरुपमा विपन्नलाई उपचारका लागि सहयोग गर्दै आएको कोषले रु डेढ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको छ । २०७१ सालमा स्थापना भएको संस्थाले हालसम्म ३५ जनाभन्दा धेरैको उपचारका लागि सहयोग गरिसकेको छ । बहराइनबाट सहयोग गर्ने म्याग्दीका मनकारीले संस्थाको पवित्र उद्देश्यलाई सफल पार्नका लागि आफूहरूले आर्थिक सहयोग गरेको बताएका छन् । 

प्रतिव्यक्ति रु छ हजारदेखि एक लाखभन्दा धेरै सहयोग प्राप्त भएको कोषका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार बहराइनबाट प्राप्त सहयोगले आगामी दिनमा कोषको लक्ष्य हासिल गर्नका लागि थप प्रेरणा मिलेको छ । 

म्याग्दी उद्धार समिति बहराइनका अध्यक्ष तेजेन्द्र थापाले आगामी दिनमा पनि आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट