नन्दराम जैशी | बैशाख १०, जुम्ला | गाउँमा आउने विकास बजेट टाठा बाडाकाको पकडमा हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् । सर्वसधारणसम्म विकासको बारेमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | बैशाख १०, जुम्ला | गाउँमा आउने विकास बजेट टाठा बाडाकाको पकडमा हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् । सर्वसधारणसम्म विकासको बारेमा "/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमाको विकासे बजेट टाठा बाडाकाको पकडमा हुन्छ “जुम्ला पातारासीबासि”

१० बैशाख २०७४, आईतवार ०६:१५

नन्दराम जैशी | बैशाख १०, जुम्ला | गाउँमा आउने विकास बजेट टाठा बाडाकाको पकडमा हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् । सर्वसधारणसम्म विकासको बारेमा जानकारी नहुने गरेको उनिहरुको भनाइ छ । जुम्लाको पातारासी गाउँपालिकाको अथ्र्रुमा आज सम्पन्न भएको विकासका लागि रेडियो वहस कार्यक्रमका सहभागि पातारासी गाउँपालिकाका स्थानीयले यस्तो बताएका हुन ।

गाउँमा भएको विकासका बारेमा जानकारी लिनको लागि एन्टेना फाण्डेशन नेपालसँगको समन्वय र रेडियो कर्णाली जुम्लाको आयोजनामा वहस कार्यक्रमको आयोजना गरीएको थियो । विकासले गाउँमा पारेको सकारात्मक प्रभावका विषयमा वहस कार्यक्रममा छलफल भएको हो । बहसमा स्थानीय स्तरमा भएको विकासका बारेमा स्थानियले गुनासो राखेका छन् । बहसमा बोल्दै पातारासी गाउँपालिकाका स्थानिय गोर्ख बहादुर बोहोराले गाउँमा आउने विकासका बारेमा होचा र निमुखालाई जानकारी नहुने गरेको बताउनुभयो ।

गाँउमा संचालन हुने अधिकांश विकासे आयोजनामा आर्थिक पारदर्शिता नभएको भन्दै आयोजनामा आएको बजेटका बारेमा स्थानियलाइ कहिले पनि जानकारी नहुने गरेको साविकको पटरमारा गाविसका स्थानिय कृष्ण बहादुर बुढाको भनाइ छ । बहस कार्यक्रममा दर्जन बढि स्थानियबासिन्दाले राखेका प्रश्न तथा जिज्ञासा मेटाउँदै निमित्त प्रमुख जिल्ला अधिकारी मधुसंकर उपाध्यायले गाँउमा संचालन भएका विभिन्न विकासे आयोजनामा भएको भष्टाचार तथा अनियमितताको प्रमाण सहित जो सुकैले निबेदन दिएमा त्यसमा छानबिन गरी कारबाहि प्रक्रिया अघि बढाइने बताउनुभयो ।


जिल्ला समन्वय समितिका अधिकारी हरी नारायण बेल्वासेले आफु एक्लैले मात्र विकासे कार्यक्रममा पारदर्शिताको कुरा उठाएर नहुने भन्दै सबैलाइ सचेत हुन अनुरोध गर्नुभयो । गाँउमा हुने विकासे कार्यक्रमलाइ पारदर्शि र प्रभावकारी बनाउन स्थानियबासि आफैले पहल गर्नुपर्ने उहाको भनाइ छ । पातारासि गाँउपालिकामा रहेका सडक, विधुत्, टेलिफोन लगाएतका विकासे समस्यालाइ समाधानका लागि पहल गर्ने उहाले बताउनुभयो ।

पातारासि गाँउपालिकामा रहेका गाविकका गाविस तथा अन्य बिषयगत कार्यालयद्धारा सेवा प्रभाहमा कुनै कमि कमजोरी रहेमा स्थानियले लिखित तथा मौखिक जानकारी दिएमा त्यस्ता कमि कमजोरीलाइ तत्काल सुधार्न लगाउनुका साथै सेवा प्रवाहमा बसेका ब्यक्तिलाइ समेत कारबाहि प्रक्रियामा लिइने अधिकारी बेल्वासेले बताउनुभयो ।


विकासका लागि रेडियो वहस कार्यक्रमका सहभागिले र्याप थ्रि ले पातारासि गाँउपालिकामा गरेको काम सन्तोषजनक रहेको भन्दै भएका कमजोरीलाइ सुधार्दै लैजानुपर्ने बताएका छन् । साथै र्याप थ्रि ले सडक मर्मतका लागि गरीरहेको काम प्रभावकारी रुपमा संचालन गर्न उनिहरुको सुझाब छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ