माधव बेल्वासे/बैशाख १६, कपिलवस्तु । गर्मी मौसम वढेसंगै आगलागिका घटना पनि वढ्दै गएका छन । 

कपिलवस्तुमा एक महिना नवित्दै एक सय भन्दा धेरै घरगोठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/बैशाख १६, कपिलवस्तु । गर्मी मौसम वढेसंगै आगलागिका घटना पनि वढ्दै गएका छन । 

कपिलवस्तुमा एक महिना नवित्दै एक सय भन्दा धेरै घरगोठ"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुमा एक महिना नवित्दै १ सय वढि घरगोठ जले

२०७४, १६ बैशाख शनिबार ०५:२३


माधव बेल्वासे/बैशाख १६, कपिलवस्तु । गर्मी मौसम वढेसंगै आगलागिका घटना पनि वढ्दै गएका छन । 

कपिलवस्तुमा एक महिना नवित्दै एक सय भन्दा धेरै घरगोठ जलेर नष्ट भएको छ भने लाखौको क्षति भएको छ ।जिल्लाको शिवराज नगरपालिका १०सितलापुर मा चैत्र ३० गते भण्डै ६० घरगोठ जलेर नष्ट भएका थिए । 

सानो लापरवार्हिले गाउ नै सखाप भएको छ । अग्नि पिडितहरु खुल्ला आकाश मनि वस्न वाध्य रहेका छन । मधेशि समुदायको वाहुल्यता रहेको सितलापुरमा अहिले पिडितहरुलाई के खाने र कहा वस्ने भन्ने चिन्तामा रहेका हुन्छन । विद्यालयमा पढ्ने वालवालिकाहरुका किताव कपि नै जलेपछि झनै पिडित भएका छन ।आगलागि वाट २२ वाख्रा जलेका थिए ।

त्यस्तै  कपिलवस्तुको विजयनगर गाउपालिका वडा नं. ४, साविक पत्थरदेइया ६, महिलवार गाउ नौ वर्षपछि वैसाख १३ गते गाउनै खरानीमा परिणत भएको हो  ।आगलागि वाट झण्डै ४० घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

गाउँको पश्चिमपट्टि कुनाबाट सल्किएको आगोले पूर्वतर्फको सम्पूर्ण घरगोठ जलेर नष्ट भएको छ । ४ गोटा बाख्रा, एउटा भैंसीको पाडो जलेर मरेका छन् । यसअघि २०६५ साल बैशाख ८ गते समेत सो बस्तीमा आगलागी हुदा झण्डै करोडको धनमाल जलेर नष्ट भएको थियो ।

त्यस्तै कपिलवस्तुको शुद्धोधन गाउपालिका,– ५ साविक हथिहवा गाबिस वडा नं. ७ शिवपुरमा वैसाख १५ गते  दिउसो भएको आगलाीमा एक बालकको मृत्यु भएको छ । शिवपुर गाउमा भएको आगलागीमा स्थानीय ओम प्रकाश कुर्मीको २ वार्षिया छोरा श्यामको जलेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक प्रहद अधिकारीले बताए । 

दिउसो ३ बजेतिर भएको आगलागीबाट गाउका ७ घर समते जलेर नष्ट भएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ