२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा ९ करोडको लगानीमा चार वर्षपछि बन्ने भो झोलुङ्गे पुल

२२ बैशाख २०७४, शुक्रबार ०५:३५

बैशाख २२, नवलपरासी । चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणीधामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरु हुने भएको छ । 

राष्ट्रिय निकुञ्ज विभागको सहमतिपश्चात् पुन काम सुरु गर्न लागिएको नवलपरासीका स्थानीय विकास अधिकारी युवराज कटेृलले जानकारी दिनुभयो । स्थानीय विकास मन्त्रालयको करिब रु नौ करोड लागतमा दुईसय ७० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न हुनेछ । 

यसअघि चितवन राष्ट्रिय निकुन्जले सहमति नदिँदा काम अलपत्र परेको थियो । तर अब राष्ट्रिय निकुञ्ज विभाग र राष्ट्रिय निकुञ्जले सहमति दिएपछि अलपत्र परेको झेलुङ्गे पुलको निर्माण आयोजनाको काम पुनः सुरु गर्न लागिएको स्थानीय विकास अधिकारी कटेृलको भनाइ छ । 

पुल निर्माणपछि नवलपरासीको त्रिवेणीधामदेखि चितवनस्थित वाल्मीकि आश्रम जान निकै सजिलो हुनेछ । हाल वाल्मीकि आश्रम जान एक मात्र विकल्प भारतीय भूमि प्रयोग गरी जानुुपर्ने बाध्यता रहेको छ । वाल्मीकि आश्रम धार्मिक दृष्टिकोणले नेपाली र विदेशी पर्यटकका लागि निकै महत्वपूर्ण स्थल मानिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ