२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुराको सुनखोलामा तीन महिनामै पक्की मोटरेबल पुल निर्माण

२०७४, २४ बैशाख आईतवार ०३:२६

बैशाख २४, डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडकखण्डको सुनखोलामा तीन महिनामै पक्की मोटरेबल पुल निर्माण गरिएको छ । 

डडेल्धुराको आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र वुडर जोगबुढा सडकको सुनखोलामा निर्माण गरिएको पक्की मोटरेबल पुल निर्माण भएको निर्माण कम्पनी सवकन्स्ट्रयाक्टर जय विष्णु निर्माण सेवा प्रालि काठमाडौँका इन्जिनियर अनिल सिलवालले बताउनुभयो । 

स्थानीय पूर्वाधार कृषि सडक आयोजनाअन्तर्गत जिल्ला समन्वय समिति, डडेल्धुराको रु एक करोड ७३ लाखको लागतमा निर्माण भएको पुलको लम्बाइ २५.५ मिटर रहेको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने गरीे सम्झौता भए पनि निर्माण सुरु गरेको तीन महिनामै सम्पन्न गरेको जिल्ला समन्वय समिति, डडेल्धुराले जनाएको छ । 

सुनखोलामा पक्की मोटरेबल पुल निर्माण हुँदा जिल्लाको भित्रि मधेस क्षेत्रका सयौँ गाउँका हजारौँ स्थानीय बासिन्दालाई आवतजावत गर्नका साथै यातायात सञ्चालनमा सहज भएको छ । वुडर जोगबुढा सडकमा दैनिक दर्जनौँ मालबाहक र यात्रुबाहक सवारी साधन सञ्चालन हुने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी