१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा साततले भ्यूटावरको शिलान्यास

२४ बैशाख २०७४, आईतवार ०३:५१

बैशाख २४, दाङ । दाङको लमहीमा भ्यूटावरको शिलान्यास गरिएको छ । 

लमही बजारसँगै उत्तरी भेगमा जोडिएको अजमरी सामुदायिक वन उपभोक्ता समूहको हाताभित्र निर्माण हुन लागेको ग्रिनपार्कभित्र निर्माण गर्न लागेको साततले भ्यूटावरको शनिबार शिलान्यास गरिएको हो । 

लमहीलाई पर्यटकीय सुन्दरनगरका रुपमा विकास गर्न र लमहीको चिनारीका रुपमा उक्त टावर निर्माण हुन लागेको हो । करिब २० बिगाहा क्षेत्रफलमा उपभोक्ता समूहले ग्रिनपार्क, भ्यूटावर, बालउद्यान, सिमसार, नर्सरीलगायतका १९ वटा कार्य गर्ने निर्णय गरेलगत्तै जिल्ला वन कार्यालयले सहमति दिएको थियो । 

जिल्ला वन कार्यालयको सहमति तथा लमही नगरपालिकाको आर्थिक सहयोग प्राप्त गरेलगत्तै ग्रिनपार्कको निर्माण प्रक्रिया अगाडि बढेको छ । जसमध्ये एक भ्यूवार निर्माण पनि हो । 

रु एक करोड २२ लाखको लागतमा दुई वर्षमा निर्माण सम्पन्न हुने सो टावरको यसवर्ष भने पहिलो चरणको कार्यमात्र हुने अजमरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केसीले बताउनुभयो । 

पहिलो चरणको कार्यका लागि लमही नगरपालिकाबाट रु ५० लाख, जिल्ला वन कार्यालय दाङबाट रु छ लाख उपभोक्ताबाट रु १५ लाख गरी रु ७१ लाखको लगानी हुने भएको छ । 

सो भ्यूटावर निर्माण भएलगत्तै भ्यूटावरमा चढेर लमही बजारलगायत देउखुरीका धेरैजसो स्थानको दृश्यावलोकन गर्न सकिने छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव