बैशाख २५, काठमाडौँ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट ऐतिहासिक हुने बताउनुभएको छ । 

राष्ट्र बैंकल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २५, काठमाडौँ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट ऐतिहासिक हुने बताउनुभएको छ । 

राष्ट्र बैंकल"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबको बजेट ऐतिहासिक हुन्छ: गभर्नर नेपाल

२५ बैशाख २०७४, सोमबार १२:५४


बैशाख २५, काठमाडौँ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट ऐतिहासिक हुने बताउनुभएको छ । 

राष्ट्र बैंकले यहाँ आज आयोजना गरेको आव २०७४/७५ का लागि पूर्व बजेटकालीन अन्तक्र्रियामा उहाँले भन्नुभयो, “स्थानीय तह निर्वाचनसँगै मुलुक सङ्घीयतामा जाने निश्चित भएकाले अन्य बजेटभन्दा यो फरक तवरले आउँछ ।” 

गभर्नर डा नेपालले नाकाबन्दी र भूकम्पका कारण अर्थतन्त्र माथि उठ्न नसकेको बताउँदै चालु आवदेखि मुलुकको अर्थतन्त्रमा सुधार आएको विचार व्यक्त गर्नुभयो । उहाँले सरकारको रु दुई खर्ब ५५ अर्बभन्दा बढी रकम बचत रहेको जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले आगामी आर्थिक वर्षको बजेट लगानीमैत्री एवम् निर्यात प्रवद्र्धन गर्ने खालको हुनुपर्नेमा जोड दिए । 

परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले जनताको जीवनस्तर सुधार गर्ने, उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र कर विस्तार गर्ने नीतिलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव दिनुभयो । 

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् पूर्वमन्त्री केशव बडालले निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई सँगै लैजाने संवैधानिक व्यवस्था भएकाले त्यसको मर्मलाई ध्यान दिएर बजेट तर्जुमा गर्नुपर्ने बताउनुभयो । 

उद्योगी मोतीलाल दुगढले जलविद्युत्मा गरिने लगानीको ब्याजदरमा परिवर्तन गर्न नहुने, बैंक तथा वित्तीय संस्थाको लगानी बढाउनुपर्नेजस्ता विषयलाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 

चेम्बरका महासचिव कमलेस अग्रवालले लगानीमैत्री र करमैत्री बजेटले नै मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

नेपाल राष्ट्र बैंकले मुलुकका विभिन्न आठ स्थानमा गरेको छलफलपछि पूर्वबजेट प्रतिवेदन सरकारलाई बुझाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ