बैशाख २६, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ । 

नेपालका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २६, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ । 

नेपालका "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरमा पहिलोपटक जापानी प्रविधिमा प्रदूषणरहित इँटा उत्पादन सुरु

२६ बैशाख २०७४, मंगलवार १२:५३

बैशाख २६, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ । 

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले इँटा उत्पादन गर्ने उद्योग ‘सुपर इको ब्रिक इनोभेसन’को उद्घाटन गर्नुभयो । 

कार्यक्रममा राजदूत ओगावाले नेपालमा पहिलोपटक पोल्न नपर्ने इँटा उत्पादन सुरु गरेको बताउँदै यसले वातावरण प्रदूषण नहुने र वातावरण सन्तुलनमा भूमिका निर्वाह गर्ने बताउनुभयो । यस कम्पनीले उत्पादन गरेको इँटा भवन निर्माणका लागि भरपर्दो रहेको बताउँदै जापानमा लोकप्रिय भइरहेको यो प्रविधि बङ्गलादेशमा पनि सुरु भएको बताउनुभयो । 

यो इँटा उत्पादनले दुई वर्षअघि महाभूकम्पका कारण क्षति भएको घरको पुनर्निर्माणका लागि सहयोग पुग्ने बताउँदै उहाँले नेपालमा यो प्रविधिले इँटा उत्पादन सुखद मात्रै नभई यसले नेपाल र जापानको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो । कार्यक्रममा जापानको प्रख्यात कम्पनी इकेन प्रालिका अध्यक्ष हिडियाकी हाचियाले बुद्धको देशमा लगानी गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताउनुभयो । 

रसायन प्रयोग गरेर इँटा उत्पादन गर्ने विश्वकै पहिलो उद्योग यही रहेको चर्चा गर्दै उहाँले यो इँटा उत्पादनले सरकारले वायु प्रदूषणमा नियन्त्रणमा गरिरहेको लगानीसमेत कटौती हुने दाबी गर्नुभयो । उपत्यकामा रहेका इँटाभट्टाले यहाँ ३५ प्रतिशत वायु प्रदूषण गरिरहेको बताउँदै वातावरणमैत्री उद्योग स्थापनाले सामाजिक उत्तरदायित्वसमेत पूरा गर्ने बताउनुभयो । 

कार्यक्रममा उद्योगमा प्रबन्ध निर्देशक सुनिल लोहियाले रु २० करोडको लगानीमा सुरु भएको उद्योगले दैनिक एक लाखवटा इँटा उत्पादन गर्ने क्षमता रहेको बताउनुभयो । यहाँको १०० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले २०० जनालाई रोजगारी दिएको बताउँदै यो इँटाले प्लास्टर र रङ्गको प्रयोग गर्नु नपर्ने र पानीसमेत नरसाउने बताउनुभयो । 

त्यस अवसरमा उद्योगका अध्यक्ष प्रकाश गिरीले उद्योगबाट उत्पादन हुने प्रत्येक इँटाको मूल्यबाट प्रतिइँटा १० पैसाका दरले रकम सङ्कलन गरी स्थानीयवासीको स्वास्थ्य र शिक्षामा खर्च गरिने बताउनुभयो । उहाँले समुदायको स्वास्थ्यमा संवेदनशील भएर प्रदूषणरहित इँटा उत्पादन सुरु गरेको बताउँदै उहाँले सरकारले गर्नुपर्ने वातावरण संरक्षणको दायित्वमा यस उद्योगले पनि टेवा पु¥याएको बताउनुभयो । यो उद्योग इकेन प्रालि र नेपालका पाँच उद्योगपतिको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ