२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेनाले सुलीचौर-गुराँसे-थवाङ सडक खण्डको सिरक्याङ भिर फोर्दै

३० बैशाख २०७४, शनिबार ०६:४३


बैशाख ३०, रोल्पा । लामो समयसम्म निर्माण हुन नसकेको सुलीचौर–गुराँसे– थवाङ सडक खण्डको सिरक्याङ भिर खण्ड निर्माण सुरु गरिएको छ । 

खड्ग दल गण रोल्पाले शुक्रबारदेखि चट्टान फोर्ने कार्य सुरु गरेको हो । सो सडक खण्डमा रहेको चट्टान फोर्न निर्माण व्यवसायी अनेक उपाय गर्दा समेत सफल नभएपछि रक्षा मन्त्रालयमा गरिएको अनुरोधानुसार नेपाली सेनालाई उक्त काम गर्ने जिम्मा दिइएको प्रजिअ डा डिजन भट्टराईले जानकारी दिनुभयो । 

निर्माणको सम्पूर्ण जिम्मा निर्माण व्यवसायीको हुने र प्राविधिक सहयोग मात्रै नेपाली सेनाले गर्ने डा भट्टराईले बताउनुभयो । बढीमा एक महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको जनाइएको छ । 

धेरै पहिलेको ठेक्का भए पनि निर्माण व्यवसायीमार्फत सो स्थानको चट्टान फोर्न असम्भव देखिएकाले मन्त्रालयलाई आग्रह गरिएको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो । “अब स्थानीय निर्वाचन अगावै सडक तयार हुन्छ”, वैद्यले भन्नुभयो । 

सो कामका लागि दैनिक एक प्लाटुन सेनाले प्रावधिक सहयोग गर्ने खड्ग दल गणका गणपति अजय गुरुङले जानकारी दिनुभयो । “निर्माण अवरुद्ध स्थानमा मात्र सेनाले सहयोग गर्छ” गुरुङले भन्नुभयो । 

उत्तरी रोल्पाका थवाङलगायत गाविस जोड्ने गरी पञ्चायतकालदेखि निर्माण आरम्भ गरिएको सो सडक जिटिजेडको सहयोगमा निर्माण गरिएको थियो । सिरक्याङ भिरको अप्ठेरो भौगोलिक संरचना र कडा चट्टानका कारण निर्माण अगाडि नजाँदै सो परियोजनाको अवधि सकिएको थियो । सडक निर्माणसँगै उत्तरी रोल्पाका सेरम, उवा, थवाङ, मिरुल तथा रुकुम जिल्लाका एक दर्जन बढी गाविसका जनता लाभान्वित हुने बताइएको छ । 

हाल सदरमुकाम लिवाङबाट थवाङ जानका लागि घर्तीगाउँ– दुई खोलीको बाटो प्रयोग गर्दा धेरै समय लाग्नाका साथै गाडी भाडासमेत निकै महँगो रहेको यात्रुले गुनासो गरिरहेको बेला सुलीचौर–थवाङ सडकखण्ड निर्माणसँगै यात्रुलाई धेरै राहत हुने बताइएको छ । 

हाल लिवाङबाट थवाङ यात्राका लागि यात्रुले रु आठ सय भाडा तिर्दै आइरहेका छन् । व्यापारिक केन्द्र सुलीचौरदेखि पैदल मार्गबाट झन्डै दुई दिन लाग्ने सो सडकखण्ड निर्माणले रोल्पाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयवासीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ