अमृत बास्तोला/तेह्रथुम, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि घोषण गर्नु भएको १ करोड रुपैयाँ Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला/तेह्रथुम, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि घोषण गर्नु भएको १ करोड रुपैयाँ
२२ मंसिर २०८२, आईतवार
अर्थ/विकास

प्रचण्डले घोषणा गरेको १ करोड रकम अग्नीपीडितले नपाउने

३० बैशाख २०७४, शनिबार ०७:१६

अमृत बास्तोला/तेह्रथुम, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि घोषण गर्नु भएको १ करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज उपलब्ध नहुने भएपछि पिडितहरु चिन्तित भएका छन् । 

गत पुस १ गते आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भएको भिषण आगलागी क्षेत्रको पुस १९ गते स्थलगल निरीक्षण तथा अग्निपीडित सँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ करोड उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।

गृह मन्त्रालयबाट पीडितहरुको पुर्नस्र्थापना तथा पुननिर्माणका लागि १ करोड उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयको सहमति माग भएकोमा अर्थ मन्त्रालय बाट पीडितहरुका लागि सहुलियत ऋण उपलब्ध गराउने मात्र सहमति भएपछि घोषणा भएको १ करोड पीडितहरुलाई उपलब्ध नहुने भएको हो । 

भोजपुर र तेह्रथुममा भएको आगलागीबाट पूर्ण रुपमा क्षति ग्रस्त ३४ घरधनीहरुलाई आवस निर्माणका लागि २ प्रतिशत ब्याजदरमा शहरी क्षेत्रमा २५ लाख र अन्य क्षेत्रमा १५ लाख सहुलियत ऋण मात्र पाउने भएका छन् ।

अग्निपीडित परिवारलाई “व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण दिने” प्रधानमन्त्रीले भाषणमा उल्लेख गर्नु भएको थियो, घरधनीहरुलाई मात्र सहुलियत ऋण आउने भएपछि ठूलो क्षति भएका व्यापारीहरुलाई सम्बोधन नभएको ताप्लेजुङबाट संक्रान्तिबजार आएर व्यापार गर्दै आएका पीडित दिपेश प्रसाईले दुखेसो व्याक्त गर्नु भयो । 

“लाखौको लागानीको व्यापार खरानी भएको छ ।” पीडीत प्रसाईले भन्नु भयो, “राहात प्योज घोषणाले व्यपार पुर्नस्थापनामा सहयोग हुने आशा थियो, तर राहत प्याकेज भाषणमा मात्र सिमित भयो ।”

केन्द्रीय दैवी प्रकोप उद्धार समितिको निर्णयानुसार भोजपुर र तेह्रथुमका आगलागी पीडितहरुले आवस पुननिर्माणका लागि भूकम्प पीडितलाई उपलब्ध गराइए सरहको पुर्न उद्धार कोष मार्फत सरकारी कारोवार गर्ने स्थानीय बाणिज्य बैकबाट ऋण उपलब्ध हुने तेह्रथुमका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनु भयो । दुई जिल्लाका ३४ घरधनीहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणको आधारमा मात्र सहुलिय ब्याजदरमा ऋण उपलब्ध हुने बताइएको छ ।

भोजपुर सदरमुकाममा गत मंसिर ५ गते आगलागी हुदाँ ८ घर पूर्णरुपमा क्षति भएको थियो । तेह्रथुमको संक्रान्तिबजारमा भएको भिषण आगलागीबाट २६ घर परिवारको ३२ घरहरु जलेर पूर्ण रुपमा नष्ट हुदाँ ७३ परिवार विस्थापित भएका थिए  ।

संक्रान्तिबजारमा प्रधानमन्त्री दाहालले आगलागी पीडितहरुकालागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडित परिवारलाई पुर्नःनिर्माण तथा व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रानिबजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाईडेलको सन्चालन, दमकल खरिद, संक्रान्तिबजारमा चाडै केन्द्रीय प्रशारण लाइन विस्तार गरिदिने समेत प्याकेजमा घोषणा गर्नु भए पनि स्थानीयले अहिले सम्म प्याकेजको महसुस समेत गर्न पाएका छैनन् ।

प्रधानमन्त्रीले तत्कालै संक्रानितबजारमा नेपाल बैंक तथा कृषि विकास बैंकका शाखाहरु पुनःस्थापनाको सम्बन्धित ठाउँमा निर्देशन भई सकेको र तत्कालै बैंकका शाखाहरु पुनःस्थापना गर्नका लागि आवश्यक पहल गरिने बताए पनि आठराई बासीले सरकारी बैंकका सुविधा लिन सदरमुकाम म्याङलुङमा ६८ किलोमिटर हिलाम्मे बाटोको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बासीले गुनासो गरेका छन् ।

विकासका लागि तमोर जलशाययुक्त आयोजना अघि बढाउन उर्जा मन्त्रालयलाई निर्देशन, तेह्रथुम सदरमुकाम म्याङलुङ–बसन्तपुर सडक खण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मोटर पुलको निर्माण, तमोर नदीको तटीय क्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यक्रमा मार्फत गरिने प्रधानमन्त्री दाहालले बताउनु भएको थियो । ४ महिना अघि प्रधानमन्त्री द्धारा घोषणा भएको राहात प्याकेका चिप्ला भाषण अहिले स्थानीयका लागि फुस्रा बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य