अमृत बास्तोला/तेह्रथुम, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि घोषण गर्नु भएको १ करोड रुपैयाँ Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला/तेह्रथुम, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि घोषण गर्नु भएको १ करोड रुपैयाँ
2026-06-14
अर्थ/विकास

प्रचण्डले घोषणा गरेको १ करोड रकम अग्नीपीडितले नपाउने

May 13, 2017

अमृत बास्तोला/तेह्रथुम, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि घोषण गर्नु भएको १ करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज उपलब्ध नहुने भएपछि पिडितहरु चिन्तित भएका छन् । 

गत पुस १ गते आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भएको भिषण आगलागी क्षेत्रको पुस १९ गते स्थलगल निरीक्षण तथा अग्निपीडित सँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ करोड उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।

गृह मन्त्रालयबाट पीडितहरुको पुर्नस्र्थापना तथा पुननिर्माणका लागि १ करोड उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयको सहमति माग भएकोमा अर्थ मन्त्रालय बाट पीडितहरुका लागि सहुलियत ऋण उपलब्ध गराउने मात्र सहमति भएपछि घोषणा भएको १ करोड पीडितहरुलाई उपलब्ध नहुने भएको हो । 

भोजपुर र तेह्रथुममा भएको आगलागीबाट पूर्ण रुपमा क्षति ग्रस्त ३४ घरधनीहरुलाई आवस निर्माणका लागि २ प्रतिशत ब्याजदरमा शहरी क्षेत्रमा २५ लाख र अन्य क्षेत्रमा १५ लाख सहुलियत ऋण मात्र पाउने भएका छन् ।

अग्निपीडित परिवारलाई “व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण दिने” प्रधानमन्त्रीले भाषणमा उल्लेख गर्नु भएको थियो, घरधनीहरुलाई मात्र सहुलियत ऋण आउने भएपछि ठूलो क्षति भएका व्यापारीहरुलाई सम्बोधन नभएको ताप्लेजुङबाट संक्रान्तिबजार आएर व्यापार गर्दै आएका पीडित दिपेश प्रसाईले दुखेसो व्याक्त गर्नु भयो । 

“लाखौको लागानीको व्यापार खरानी भएको छ ।” पीडीत प्रसाईले भन्नु भयो, “राहात प्योज घोषणाले व्यपार पुर्नस्थापनामा सहयोग हुने आशा थियो, तर राहत प्याकेज भाषणमा मात्र सिमित भयो ।”

केन्द्रीय दैवी प्रकोप उद्धार समितिको निर्णयानुसार भोजपुर र तेह्रथुमका आगलागी पीडितहरुले आवस पुननिर्माणका लागि भूकम्प पीडितलाई उपलब्ध गराइए सरहको पुर्न उद्धार कोष मार्फत सरकारी कारोवार गर्ने स्थानीय बाणिज्य बैकबाट ऋण उपलब्ध हुने तेह्रथुमका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनु भयो । दुई जिल्लाका ३४ घरधनीहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणको आधारमा मात्र सहुलिय ब्याजदरमा ऋण उपलब्ध हुने बताइएको छ ।

भोजपुर सदरमुकाममा गत मंसिर ५ गते आगलागी हुदाँ ८ घर पूर्णरुपमा क्षति भएको थियो । तेह्रथुमको संक्रान्तिबजारमा भएको भिषण आगलागीबाट २६ घर परिवारको ३२ घरहरु जलेर पूर्ण रुपमा नष्ट हुदाँ ७३ परिवार विस्थापित भएका थिए  ।

संक्रान्तिबजारमा प्रधानमन्त्री दाहालले आगलागी पीडितहरुकालागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडित परिवारलाई पुर्नःनिर्माण तथा व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रानिबजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाईडेलको सन्चालन, दमकल खरिद, संक्रान्तिबजारमा चाडै केन्द्रीय प्रशारण लाइन विस्तार गरिदिने समेत प्याकेजमा घोषणा गर्नु भए पनि स्थानीयले अहिले सम्म प्याकेजको महसुस समेत गर्न पाएका छैनन् ।

प्रधानमन्त्रीले तत्कालै संक्रानितबजारमा नेपाल बैंक तथा कृषि विकास बैंकका शाखाहरु पुनःस्थापनाको सम्बन्धित ठाउँमा निर्देशन भई सकेको र तत्कालै बैंकका शाखाहरु पुनःस्थापना गर्नका लागि आवश्यक पहल गरिने बताए पनि आठराई बासीले सरकारी बैंकका सुविधा लिन सदरमुकाम म्याङलुङमा ६८ किलोमिटर हिलाम्मे बाटोको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बासीले गुनासो गरेका छन् ।

विकासका लागि तमोर जलशाययुक्त आयोजना अघि बढाउन उर्जा मन्त्रालयलाई निर्देशन, तेह्रथुम सदरमुकाम म्याङलुङ–बसन्तपुर सडक खण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मोटर पुलको निर्माण, तमोर नदीको तटीय क्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यक्रमा मार्फत गरिने प्रधानमन्त्री दाहालले बताउनु भएको थियो । ४ महिना अघि प्रधानमन्त्री द्धारा घोषणा भएको राहात प्याकेका चिप्ला भाषण अहिले स्थानीयका लागि फुस्रा बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक