प्रभात सुवेदी । जेठ ६, बर्दिया । 

स्थानीय मुद्रणका कामहरु बाहिरी जिल्ला तथा छिमेकी देशका विभिन्न स्थानहरुमा गराउने क्रम बढ्दै जाँदा स्थानीय मुद्रण व्यवसायीहरुको व्यावसाय धरापमा परी बेरोजगारीको अवस्था आउन सक्ने कुरा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ ६, बर्दिया । 

स्थानीय मुद्रणका कामहरु बाहिरी जिल्ला तथा छिमेकी देशका विभिन्न स्थानहरुमा गराउने क्रम बढ्दै जाँदा स्थानीय मुद्रण व्यवसायीहरुको व्यावसाय धरापमा परी बेरोजगारीको अवस्था आउन सक्ने कुरा "/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छापा सञ्चालक बेरोजगार हुन नपरोस्

२०७४, ६ जेष्ठ शनिबार १४:०४

प्रभात सुवेदी । जेठ ६, बर्दिया । 

स्थानीय मुद्रणका कामहरु बाहिरी जिल्ला तथा छिमेकी देशका विभिन्न स्थानहरुमा गराउने क्रम बढ्दै जाँदा स्थानीय मुद्रण व्यवसायीहरुको व्यावसाय धरापमा परी बेरोजगारीको अवस्था आउन सक्ने कुरा आज जिल्लाको पर्यटकीय केन्द्र ठाकुरद्वारामा आयोजित कार्यक्रममा औंल्याइएको छ ।

 

नेपाल मुद्रण उद्योग महासंघ, बर्दियाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै महासंघका केन्द्रिय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष वालकृष्ण वलीले यस्तो कुरा बताउनुभएको हो । वहाँले बर्दिया जिल्लाका मुद्रण व्यावसायीले कम्तीमा पनि २० लाखको लगानी गरेर आफ्नो व्यावसाय सञ्चालन गरेका र कम्तीमा पनि २ देखि ५/६ जनाले रोजगारी पाएको अवस्था रहेको बताउनुहँदै बर्दिया जिल्लाका सरकारी निकाय तथा गैर सरकारी निकायहरु लगायत विभिन्न निकायहरुमा आवश्यक पर्ने विभिन्न प्रकृतिका छपाई सम्बन्धी सम्पूर्ण कामहरुको पहिलो हकदार बर्दियाका मुद्रण व्यावसायीहरु नै भएको बताउनुभयो । ‘हामीले पनि नयाँ नयाँ प्रविधिहरु ल्याएका छौं र गुणस्तरीय छपाईको लागि लागि परिरहेका छौ भन्नुहुँदै हामीलाई जिम्मेवारी दिइयो भने जस्तोसुकै छपाईका कामहरु गुणस्तरीय रुपमा सम्पादन गर्न सक्छौँ,’ केन्द्रिय सदस्य वलीले बताउनुभयो । 'राज्यलाई कर तिरेकाले पनि हामीले नै बर्दियाको काम पाउनु पर्छ भन्ने दावी हो, वलीले बताउनुभयाे । 

अधिवेशनको उद्घाटन सत्रमा ठाकुरद्वारामा बर्दिया गैंडा रिसोर्ट क्याम्प सञ्चालन गर्दै आउनुभएको रामजी थापाले पनि कार्यक्रमको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै होटल व्यवसायीहरु र मुद्रण व्यावसायीहरुको कार्यगत एकता आवश्यक रहेको कुरा औंल्याउनुभयो ।

 

उद्घाटन सत्र लगत्तै गरिएको बन्द सत्रमा निवर्तमान अध्यक्ष वालकृष्ण वाली र कोषाध्यक्ष मेघराज सिग्देलल प्रस्तुत गर्नुभएको महासंघ बर्दियाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतिबाट पारित गरिएको थियो । 

मुद्रण व्यावसायीहरुको दोस्रो अधिवेशनले मेघराज सिग्देलको अध्यक्षतामा १० सदस्यीय कार्यसमितिको चयन गरेको छ । जसमा उपाध्यक्ष ओमप्रकाश रिजाल, सचिव महेश अधिकारी, कोषध्यक्ष सन्तोष भट्टराई, सह–सचिव राजेश थारु र सदस्यहरुमा सत्येन्द्र मिश्र, प्रेम चौधरी, धिरज अधिकारी, नारायण अधिकारी र टेकलाल चौधरी रहनुभएको छ ।

यसैबीच महासंघको टोलीले बिहान करीब ३ घण्टा बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्दै त्यहाँको जैविक विविधता तथा विभिन्न वन्यजन्तुहरुको वासस्थानको संरक्षणाका लागि गरिएका प्रयासहरुको अवलोकन गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी