जेठ ७, नवलपरासी | नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, नवलपरासी | नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको "/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको अस्पताललाई स्वाथ्य मन्त्रालयको ६० लाख !

७ जेष्ठ २०७४, आईतवार ०३:१८

जेठ ७, नवलपरासी | नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको छ । 

अस्पतालको अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक कक्षसहित शल्यक्रिया कक्षको मर्मत सम्भारको काम सुरु गरेको जिल्ला पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताउनुभयो । 

सरकारको निर्णयअनुसार १५ श्ययाबाट क्षमता विस्तार गरी ५० श्ययाको अनुमति पाएको जिल्ला अस्पताल यतिबेला २४सै घन्टा फार्मेसी सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । 

अस्पतालका लागि मन्त्रालयबाट रु ६० लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको उक्त रकमबाट मर्मत सम्भार तथा सुधार भई चालु आवभित्रै उपलब्धिमूलक काम गरिने अस्पतालले जनाएको छ । 

अस्पतालभित्र दिइने सेवा सुविधाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेकामा उक्त रकमबाट केही राहत हुने बताइएको छ । भौतिक संरचना कमजोर भएका कारण जिल्ला अस्पताललाई व्यवस्थित गराउन आफूलाई निकै चुनौती रहेको अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष श्रीवास्तवले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ