बागलुङमा अवस्थित प्रसिद्ध ऐतिहासिक शक्तिपिठ कालिका भगवती मन्दिरमा पछिल्लो समय भेटी संकलन बढ्दै गैरहेको छ । व्यवस्थापन समितिको सक्रियताले भक्तजन एवं दर्शनार्थिहरुको आगमन बढ्दै गैरहेको छ । मन्दिर परिसरमा भएका सुधारका प्रयास तथा पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बागलुङमा अवस्थित प्रसिद्ध ऐतिहासिक शक्तिपिठ कालिका भगवती मन्दिरमा पछिल्लो समय भेटी संकलन बढ्दै गैरहेको छ । व्यवस्थापन समितिको सक्रियताले भक्तजन एवं दर्शनार्थिहरुको आगमन बढ्दै गैरहेको छ । मन्दिर परिसरमा भएका सुधारका प्रयास तथा पा"/>
२ माघ २०८२, बिहीबार
अर्थ/विकास

बागलुङ कालिकामा ३ सय ११ दिनमा १ करोड संकलन

९ जेष्ठ २०७४, मंगलवार ०४:३६

बागलुङमा अवस्थित प्रसिद्ध ऐतिहासिक शक्तिपिठ कालिका भगवती मन्दिरमा पछिल्लो समय भेटी संकलन बढ्दै गैरहेको छ । व्यवस्थापन समितिको सक्रियताले भक्तजन एवं दर्शनार्थिहरुको आगमन बढ्दै गैरहेको छ । मन्दिर परिसरमा भएका सुधारका प्रयास तथा पारदर्शिताका कारण भेटी संकलन उल्लेख्य मात्रमा बढेको पाइन्छ ।

गत आर्थिक बर्ष भरीमा जम्मा ९० लाख ५ हजार ७ सय ७४ रुपैयां संकलन भएको थियो । सो भन्दा अगाडी मन्दिरको आयस्था ठेक्का प्रणालीबाट हुने गरेको थियो । दुई बर्ष पहिला ठेकेदारबाट ४१ लाख रुपैया जम्मा भएको थियो ।

यो आर्थिक बर्षको जेष्ठ ८ गते सोमबारसम्म जम्मा ३ सय ११ दिनमा १ करोड ८ हजार ७ सय ६ रुपैयां संकलन भएको छ । दर्शनार्थिहरुले चढाउने भेटी, पशुपंक्षिहरुको मुढ, परेवा, अक्षेता आदी बिक्रीबाट उक्त रकम संकलन हुने गरेको छ ।

चालु आ.ब.को श्रावण महिनामा २ लाख ९७ हजार ७ सय ३४ रुपैयां, भाद्र महिनामा ४ लाख ८७ हजार ६ सय ३० रुपैयां, अशोज महिनामा १८ लाख ७ हजार ५ सय ९ रुपैया तथा कार्तिक महिनामा ६ लाख १९ हजार १ सय ३२ रुपैयां जम्मा भएको थियो ।

 यसै गरी मंसिर महिनामा ८ लाख ६४ हजार ४ सय ४७ रुपैयां, पौष महिनामा ५ लाख ६० हजार २ सय ६३ रुपैयां, माघ महिनामा ५ लाख ७० हजार १ सय ४२ रुपैयां, फाल्गुण महिनामा ८ लाख ३३ हजार ६ सय २८ रुपैयां, चैत्र महिनामा २५ लाख २७ हजार ६ सय २४ रुपैयां तथा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको थियो । 

बैशाख महिनाको ८ गतेसम्म जम्मा २ लाख ११ हजार २ सय ७० रुपैयां जम्मा भएको छ । दिनहुं जसो भिडभाड रहने कालिका मन्दिरमा चैत्राष्टमी तथा बडादशैंमा लाखौं भक्तजनहरुको उपस्थिती रहने गर्दछ । यो मन्दिरमा श्रावण र माघ महिना तथा औंशी र एकादशी तिथीमा पशुबलि चढ्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ