बागलुङमा अवस्थित प्रसिद्ध ऐतिहासिक शक्तिपिठ कालिका भगवती मन्दिरमा पछिल्लो समय भेटी संकलन बढ्दै गैरहेको छ । व्यवस्थापन समितिको सक्रियताले भक्तजन एवं दर्शनार्थिहरुको आगमन बढ्दै गैरहेको छ । मन्दिर परिसरमा भएका सुधारका प्रयास तथा पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बागलुङमा अवस्थित प्रसिद्ध ऐतिहासिक शक्तिपिठ कालिका भगवती मन्दिरमा पछिल्लो समय भेटी संकलन बढ्दै गैरहेको छ । व्यवस्थापन समितिको सक्रियताले भक्तजन एवं दर्शनार्थिहरुको आगमन बढ्दै गैरहेको छ । मन्दिर परिसरमा भएका सुधारका प्रयास तथा पा"/>
२०८२, १७ चैत्र मंगलवार
अर्थ/विकास

बागलुङ कालिकामा ३ सय ११ दिनमा १ करोड संकलन

२०७४, ९ जेष्ठ मंगलवार ०४:३६

बागलुङमा अवस्थित प्रसिद्ध ऐतिहासिक शक्तिपिठ कालिका भगवती मन्दिरमा पछिल्लो समय भेटी संकलन बढ्दै गैरहेको छ । व्यवस्थापन समितिको सक्रियताले भक्तजन एवं दर्शनार्थिहरुको आगमन बढ्दै गैरहेको छ । मन्दिर परिसरमा भएका सुधारका प्रयास तथा पारदर्शिताका कारण भेटी संकलन उल्लेख्य मात्रमा बढेको पाइन्छ ।

गत आर्थिक बर्ष भरीमा जम्मा ९० लाख ५ हजार ७ सय ७४ रुपैयां संकलन भएको थियो । सो भन्दा अगाडी मन्दिरको आयस्था ठेक्का प्रणालीबाट हुने गरेको थियो । दुई बर्ष पहिला ठेकेदारबाट ४१ लाख रुपैया जम्मा भएको थियो ।

यो आर्थिक बर्षको जेष्ठ ८ गते सोमबारसम्म जम्मा ३ सय ११ दिनमा १ करोड ८ हजार ७ सय ६ रुपैयां संकलन भएको छ । दर्शनार्थिहरुले चढाउने भेटी, पशुपंक्षिहरुको मुढ, परेवा, अक्षेता आदी बिक्रीबाट उक्त रकम संकलन हुने गरेको छ ।

चालु आ.ब.को श्रावण महिनामा २ लाख ९७ हजार ७ सय ३४ रुपैयां, भाद्र महिनामा ४ लाख ८७ हजार ६ सय ३० रुपैयां, अशोज महिनामा १८ लाख ७ हजार ५ सय ९ रुपैया तथा कार्तिक महिनामा ६ लाख १९ हजार १ सय ३२ रुपैयां जम्मा भएको थियो ।

 यसै गरी मंसिर महिनामा ८ लाख ६४ हजार ४ सय ४७ रुपैयां, पौष महिनामा ५ लाख ६० हजार २ सय ६३ रुपैयां, माघ महिनामा ५ लाख ७० हजार १ सय ४२ रुपैयां, फाल्गुण महिनामा ८ लाख ३३ हजार ६ सय २८ रुपैयां, चैत्र महिनामा २५ लाख २७ हजार ६ सय २४ रुपैयां तथा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको थियो । 

बैशाख महिनाको ८ गतेसम्म जम्मा २ लाख ११ हजार २ सय ७० रुपैयां जम्मा भएको छ । दिनहुं जसो भिडभाड रहने कालिका मन्दिरमा चैत्राष्टमी तथा बडादशैंमा लाखौं भक्तजनहरुको उपस्थिती रहने गर्दछ । यो मन्दिरमा श्रावण र माघ महिना तथा औंशी र एकादशी तिथीमा पशुबलि चढ्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी