२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लेगुवा–भोजपुर सडक कालोपत्र गर्ने काम तीव्र

९ जेष्ठ २०७४, मंगलवार ०७:११

जेठ ९, भोजपुर | ६६ किलोमिटर लेगुवा–भोजपुर सडकखण्डमा कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । 

सडक कालोपत्रे भएपछि राष्ट्रिय सडक सञ्जालमा जोडिएको भोजपुरमा यातायात सहज हुने भएको हो । हाल जरायोटारको सिमटारदेखि लेगुवातर्फ पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे भइसकेको छ । 

सडकलाई गुणस्तरीय र मापदण्डअनुसारको बनाउन लेगुवाघाट–भोजपुर सडक योजनाले पनि तीव्ररुपमा काम अगाडि बढाएको जनाएको छ । लेगुवा–भोजपुर सडक योजनाका प्रमुख विजय महतोका अनुसार यसबर्ष आगामी माघ १ गतेसम्म ३० किलोमिटर कालोपत्रे गरिसक्ने तयारी छ । 

सम्झौता अनुसार सडकको काम २०७४ साल माघ १ गतेसम्ममा सम्पन्न गर्नुपर्नेछ । सडक कालोपत्रे हुन थालेपछि स्थानीय भने हर्षित भएका छन् । सडक निर्माणको जिम्मा संयुक्तरुपमा टेन्जिङ, रमन र कन्काई कम्पनीले लिएको छ । सडक एशियाली विकास बैंकको रु ९९ करोड ४४ लाख ६७ हजार ५०० लगानीमा निर्माण भइरहेको छ । 

कालोपत्रे भएपछि धनकुटा, धरान, सङ्खुवासभा, मोरङ, सुनसरी, झापालगायतका जिल्लामा भोजपुरको सहज सम्पर्क हुनुका साथै व्यापार व्यवसाय सहज हुनेमा भोजपुरवासी आशावादी भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ