५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नदी उत्खननमा वैज्ञानिक प्रणाली अपनाइने

१० जेष्ठ २०७४, बुधबार ०३:२७

जेठ १०, झापा | झापा जिल्लामा भएका नदीबाट अगामी आर्थिक वर्षका लागि गरिने उत्खननका लागि वैज्ञानिक प्रणाली लागू गरिने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्णय गरेको छ । 

नदीको जथाभावी उत्खनन कार्यले स्थानीयवासीले विरोध मात्र होइन प्रतिकार गर्ने, महेन्द्र राजमार्गसँग जोडिएका कन्काई पुल, निन्दा पुल र विरिङ पुल खतरामा पर्न जाने, कतिपय धार्मिक महत्व एवम् पर्यटकस्थल जोखिममा पर्ने र सिँचाइका लागि प्रयोग हुने कुलो पैनी एवम् नहर सुक्न थालेपछि यस्तो निर्णय गरिएको हो । 

निर्णयले उत्खनन हुने नदीको तत्काल अवस्था अध्ययन गरी त्यसको वर्तमान सतह पत्ता लगाई पिलर गाड्ने र बर्सातको समयमा बाढीबाट बगेर आएका नदीजन्य पदार्थ थुप्रेर कति सतह बढ्यो त्यसको अवस्था पहिचान गरेर मात्र ठेक्का लगाउने निर्णयले नदीमा हुने जथाभावी दोहन रोकिने विश्वास लिइएको छ । 

बैठकले प्रमुख जिल्ला इन्जिनियर सुशील श्रेष्ठको संयोजकत्वमा एक समिति गठन भएको र सो समिति सिँचाइ विकास डिभिजन कार्यालय, जलउत्पन्न कार्यालय, जिल्ला वन कार्यालय, जनताको तटबन्धन कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ । 

समितिले एकजना विज्ञबाट सबै नदीको नाप, नक्साङ्कन गर्ने र त्यसबाट आएको प्रतिवेदनलाई छलफलमा लगेर मात्र नदी ठेक्का लगाउने परम्परा यस वर्षदेखि थाल्ने कुराले कसैलाई पनि मर्का नपर्ने र नदीको पनि गैरकानुनी ढङ्गले हुने उत्खनन बन्द हुने विश्वास प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको छ । 

झापामा विरिङ खोलाबाट एक लाख ९० हजार ९२५ घनमिटर, टाङटिङ खोलाबाट ७९ हजार ५०० घनमिटर, दहिझोडा खोलाबाट ४५ हजार घनमिटर, रतुवा खोलाबाट एक लाख एक हजार २५० घनमिटिर, मावा खोलाबाट एक लाख ४७ हजार घनमिटर, मेची खोलाबाट ५८ हजार घनमिटर, देवनीया खोलाबाट २९ हजार ६२५ घनमिटर नदीजन्य पदार्थ गिट्टी, बालुबा झिक्ने ठेक्का लाग्ने गरेको थियो । 

यसैगरी, हडिया खोलाबाट ४८ हजार २५० घनमिटर, कन्काई नदीबाट ५६ हजार २५० घनमिटर, निन्दा खोलाबाट ९३ हजार ६०० घनमिटर, टिमाई नदीबाट ८२ हजार ४५० घनमिटर र कमल खोलाबाट आठ हजार ९६ घनमिटर गिट्टी, बालुबा झिक्ने ठेक्का लाग्ने गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता