जेठ १०, जुम्ला | ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार छ । 

द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १०, जुम्ला | ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार छ । 

द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी का"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्ला जिल्ला प्रहरी कार्यालयमै खानेपानीको हाहाकार

२०७४, १० जेष्ठ बुधबार ०३:२८

जेठ १०, जुम्ला | ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार छ । 

द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी कार्यालय जुम्ला पुनःनिर्माण हुँदाको बेलादेखि खानेपानीको व्यवस्थापन नगरिँदा यो समस्या बढ्दै भएको हो । हाल २०० को सङ्ख्यामा प्रहरी जनशक्ति बहाल रहेको र बेलाबेलामा बढ्दै जाने गरेको तर खानेपानी जुगाड गर्ने पहलले सार्थकता नपाएकाले सिङ्गो प्रहरी सङ्गठन समस्यामा परेको प्रहरी निरीक्षक मुकुन्द रिजालले दुखेसो गर्नुभयो । 

“यो समस्या समाधानका लागि हामीले जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयमा पनि अनुरोध गर्यौं, तर पनि प्रहरीमा खानेपानीको व्यवस्था हुन सकेको छैन,” उहाँले भन्नुभयो । 

प्रहरी निरीक्षक कलेन्द्र शाहीले धारामा पानी अनियमित हुँदा दुई किलोमिटर टाढा कर्णाली प्राविधिक शिक्षालय जुम्लानजिक गाडी लिएर दैनिक पानी ल्याउने गरेको बताउनुभयो । “पानीका लागि खानेपानी कार्यालयबाट एक क्वाइल पाइप उपलब्ध भयो तर पाइप जोडेर प्रहरी कार्यालयभित्र ल्याउन सकिने अवस्था हुन सकेन”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार अहिले जुनियर अफिसियलसहित सबै प्रहरी जवान लुगा धुन र सरसफाइका लागि तिलानदीमा जान बाध्य छन् । प्यास लागेपनि सोचेको बेला पानी पिउन नपाउँदा सकस परेको विभिन्न मुद्दाको आरोपमा बन्दी जीवन जिउँदै गरेका आरोपितहरु बताउँछन् । 

खानेपानी सफा हुनुको सट्टा पिउन पनि पाउन नसक्ने अवस्थाले उनीहरुलाई निकै जटिल बनाएको जनाइएको छ । जिप्रकामा ड्युटी गर्ने जवानले पनि प्यास लागेको बेला पानी पाउन गाह्रो भएको समस्या व्यक्त गर्नुभयो । यो समस्याको तत्काल समाधानका लागि यथाशीघ्र सोच्न जिल्ला प्रहरी कार्यालयले सरोकारवालालाई अनुरोध गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी