२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा विद्युत्भार कटौतीको समस्याले हैरानी

२०७४, १० जेष्ठ बुधबार ०९:०६

जेठ १०, बैतडी | यहाँका बासिन्दा विद्युत्भार कटौतीका कारण हैरानी खेप्दै आएका छन् । 

विद्युत्भार कटौती हुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । विद्युत्भार कटौतीका कारण श्रीकोट स्वास्थ्य चौकीमा खोप सेवा प्रभावित भएको छ । श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटका अनुसार स्वास्थ्य चौकीमा रहेको फ्रिज पुरानो भइसकेको र त्यसैमा विद्युत्भार कटौती हुँदा समस्या भएको छ । 

यस्तै विद्युत्भार कटौतीका कारण जिल्लाका सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी समेत प्रभावित हुने गरेका छन् । “बेलाबेलामा रेडियोको विद्युतीय सामग्रीमा क्षति हुने गरेको छ, प्रसारण नै रोक्नुपर्ने बाध्यता छ,” रेडियो निङ्लाशैनीका स्टेसन म्यानेजर भगीरथ अवस्थीले भन्नुभयो । 

नेपाल विद्युत् प्राधिकारण बैतडी वितरण केन्द्रले अनियमित रुपमा विद्युत्भार कटौती गर्ने गरेको छ । विभिन्न स्थानमा जीर्ण अवस्थामा रहेका खम्बा तथा जोखिम पूर्ण अवस्थामा रहेका तार मर्मत नहुँदा समस्या हुने गरेको छ । फिल्डमा खटाइएका कर्मचारीले प्रसारण लाइनमा के समस्या भएको भन्ने बारेमा चासो नलिँदा समस्या आएको दोगडाकेदार–३ श्रीकोटका शङ्कर भट्ट बताउनुहुन्छ । 

विद्युत्भार कटौतीका कारण पाटन क्षेत्रका बासिन्दाले समेत हैरानी खेप्दै आएका छन् । बेलाबेलामा बत्ती आउने जाने गर्दा समस्या हुने गरेको सिधारेखा अनलाइन पत्रिकाका सञ्चालक घनश्यामसागर पन्तले बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने कमजोर विद्युतीय संरचनाका कारण विद्युत् सेवा अनियमित हुने गरेको जनाएको छ । कम बजेटमा बढी काम गर्नुपर्ने भएकाले यस्तो समस्या आउने गरेको शाखा प्रमुख राजेन्द्रलाल देव बताउनुहुन्छ । “विद्युत् सेवा विस्तार गर्दा ग्राहकले विद्युत् उपभोग गर्न हतार गर्दा खम्बा पनि टाढाटाढा राख्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो । हावाहुरी र चट्याङका समस्याका कारण विद्युत् सेवा बारम्बार अवरुद्ध हुने गरेको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी