२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा स्मारक निर्माण हुने

२०७४, ११ जेष्ठ बिहीबार ०५:००

जेठ ११, रोल्पा | तत्कालिन अवस्थामा माओवादीको सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको सम्झनामा रोल्पाको लिवाङमा शान्ति स्मारक बन्ने भएको छ । 

मानव अधिकार तथा कानुनी सेवा केन्द्र रोल्पाको आर्थिक सहयोग र स्थानीय शान्ति समिति रोल्पाको समन्वयमा बन्ने उक्त स्मारकमा जिल्ला प्रशासन कार्यालय वा स्थानीय शान्ति समितिलाई उपलब्ध गराएको सशस्त्र द्वन्द्वमा मारिएका र बेपत्ता भएकाको नामलेखी मार्बलमा राखिने मानव अधिकारकर्मी खेम बुढामगरले जानकारी दिनुभयो । 

सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा अवतरण भएको एक दशक पार गरिसक्दासमेत जिल्लामा शान्ति स्मारक हुन नसक्दा नागरिकमा निरासा बढिरहेका बेला स्मारक निर्माणले द्वन्द्वपीडितमा केही राहत हुने बुढाले बताउनुभयो । सशस्त्र द्वन्द्वमा मारिएका तथा बेपत्ता भएका परिवारका सदस्यले आफन्तजनको सम्झनामा सदरमुकाम लिवाङमा शान्ति स्मारक बनाउन माग गरिएको हुँदा सो स्मारक बनाउन लागिएको हरप्लेस रोल्पाले जनाएको छ । सदरमुकाम लिवाङको टुँडिखेलमा सो स्मारक बनाउनुपर्ने स्थानीयवासीले सुझाव छन् । 

सो स्मारकका लागि मानव अधिकार तथा कानुनी सेवा केन्द्रले करिब रु चार लाख विनियोजन गरिसकेको छ । गुरुयोजनासहित निर्माण गरिने सो स्मारकका लागि जिल्ला समन्वय समिति, रोल्पा नगरपालिका र शान्ति मन्त्रालयबाट समेत स्रोत जुट्ने अपेक्षा गरिएको छ । 

सशस्त्र द्वन्द्वको बेला रोल्पामा ९४६ मृतक र ३३ जना बेपत्ता रहेको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी