२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ढोडेनीमा महिलाले बनाए कुटानी–पिसानी मिल

२०७४, १२ जेष्ठ शुक्रबार ०२:१६

जेठ १२, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४, इवाको ढोडेनी बस्तीका महिलाहरुले समयको बचत र दैनिकीमा सहज बनाउन गाउँमै कुटानी पिसानी मिल सन्चालन गरेका छन् । गाउँमा गठन भएको ढोडेनी अभियान चौतारीका महिलाहरुको पहलमा करिब दुई लाख रुपैयाँको लागतमा कुटानी पिसानी मिल स्थापना गरिएको सामाजिक परिचालक शनिशा भेटुवालले जानकारी दिइन् ।

मिल बनाउन जिल्लामा एक्सनएड नेपालको सहयोगमा सन्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत देउराली सोसाइटीले  सहजीकरण गरेको छ । मिल स्थापनाकालागि देउराली सोसाइटीबाट ४० हजार, इवा गाविस ५० हजार, सामुदायिक बन समुहको २० हजार र स्थानीयबाट १५ हजार तथा बाँकी श्रमदानबाट समेत गरी करिब दुई लाख रुपैयाँ खर्च भएको छ । 

गाउँमा मिल नहुँदा कुटानी पिसानीकालागि ढिकी जाँतो चलाउनु पर्ने र त्यसको बोझ महिलालाई मात्रै हुने गरेको थियो । मिल स्थापना भएपछि गाउँका महिलाहरु हर्षित भएका छन् । अब दैनिकी गुजार्न सजिलो हुने तथा सो समयलाई आर्थिक उपार्जनमा खर्चिएर आयआर्जन समेत बढाउन सकिने अभियान चौतारीकी अध्यक्ष श्यामकुमारी माझीले बताइन् ।

तमोर नदीसँग जोडिएको सुख्खाग्रस्त यो गाउँमा नदी किनारमा बसोबास गर्ने माझीसहित क्षेत्री बाहुन, लिम्बु र अन्य समेतको बसोबास रहेको छ । यसअघि गाउँमा स्थापना भएको मिल दिगो रुपमा सन्चालन हुन सकेको थिएनँ । मिलमा पहिले पनि स्थानीय सामुदायिक बन, संघ संस्था र स्थानीय आफैँले श्रमदान समेत गरेका थिए । तर मिल बन्द भएपछि पुनः उही सास्ती दोहोरिएको थियो ।

यस पटक भने गाउँका महिलाहरुकै नेतृत्वमा मिल स्थापना भएको हो । महिलाहरुले नै मिल स्थापनाको आवश्यकताबारे अभियान चौतारीमा छलफल गरेपछि विभिन्न निकाय संघसंस्थाको सहयोगमा मिल स्थापना भएको स्थानीय चन्द्रबहादुर खवासले बताए । गाउँमै मिल बनेपछि महिलाहरुको दैनिकीमा सुधार आउने उनको भनाइ छ ।

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत आठराई गाउँपालिकाका सबै वडामा गरी करिब दुई दर्जन अभियान चौतारीहरु गठन भएका छन् । ती अभियान चौतारीमा स्थानीय महिलाहरुले जम्मा भएर आफ्ना साझा समस्याहरुका विषयमा छलफल गर्ने र समाधानका उपायहरुबारे छलफल गर्ने गरेका छन् । गाउँ गाउँमा अभियान चौतारीहरु गठन भएपछि स्थानीय महिलाहरुको दैनिकी सुध्रिदै गएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश