मोहम्मद ईजहार शेष | जेष्ठ १३, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला एक हप्ता नबित्दै ढलेको छ । कमसल र मापदण्ड बिपरीत निर्माण गरीए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष | जेष्ठ १३, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला एक हप्ता नबित्दै ढलेको छ । कमसल र मापदण्ड बिपरीत निर्माण गरीए"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मापदण्ड बिपरीत बन्दै र ढल्दै रमपुरंवामा ढलनिकास

१३ जेष्ठ २०७४, शनिबार १५:०९


मोहम्मद ईजहार शेष | जेष्ठ १३, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला एक हप्ता नबित्दै ढलेको छ । कमसल र मापदण्ड बिपरीत निर्माण गरीएको नाला हिजो आएको सामान्य हावाहुरी र पानीले ढलेको हो । 

निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने रमपुरवांवाट भारतको सिमाना देखि उक्त बाटो  महेशपुरमा जाडिएको छ । ढल  निकासका लागि निर्माण गरीएको नाला एक हप्दा नबित्दै ढलेपछि स्थानीय आक्रोषित बनेका छन् । बाटो छेउमा निर्माण भईरहेको उक्त नाला एक तर्फ एक हप्ता अघिनै निर्माण भई पलास्टर समेत भईसकेको थियो भने बाटोको अर्को तर्फ अहिले नाला निर्माण भईरहेको छ । निर्माण गर्दा सिमेन्ट र बालुवाको मिश्रण १ र ४ को अनुपातमा गर्नु पर्ने भएपनि १—८ र १—१० सम्मको अनुपातमा निर्माण गरी भ्रष्टचार गर्ने नियतले निर्माण गरीएको हुँदा नालाहरु ढलेको स्थानीयले आरोप लगाएका छन् । उक्त नाला दुई ठाँउमा गरी करीब ३० मिटरसम्म ढलेको छ । करीब ११ लाखको लागतमा २०७३ चैत्र २६ गतेवाट सुरु भएको बाटो ग्रेभेल तथा ढल निकास निर्माण कार्यक्रम २०७४ असाढ १५ सम्म भ्याउनु पर्ने भएकाले हतार हतारमा निर्माण काम हुदै आएको छ । 

यता सडक ग्रेभेल तथा नाला निर्माण समितिका अध्यक्ष गँगा यादवले आफुलाई जानकारीनै नदिई निर्माण समितिको अध्यक्ष बनाईएको र निर्माण काममा पनि अध्यक्षको केही नचलेका भन्दै आफ्नो गल्ती नभएको बताएका छन् । निर्माण समितिका अध्यक्ष यादव साविक रमपुरवां गाविसमा कार्यालय सहयोगिको रुपमा कार्यरत रहेका थिए । यादवले आफुलाई गाविस सविच र निवर्तमान गाविस अध्यक्षकोे डिजाईनमा अध्यक्ष बनाईएपनि निर्माण काममा आफ्नो संलग्नता नरहेको र रमपुरवाका स्थानीय नेताहरुकै अनुसार निर्माण भईरहेको यादवले फोन मार्फत बताउनु भयो । यसरी नवलपरासीमा निर्माण समिति, ओभरसीयर र सम्बन्धित कार्यालयकै मिलोमत्तोमा अधिकांस सरकारी भौतिक निर्माण कार्यहरु निर्माण भएको पाईन्छ भने त्यस्ता भौतिक संरचनाहरु केही दिनमै भत्कीने र बर्बाद हुने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ