असर १, डोल्पा । दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थल आजदेखि बन्द भएको छ । 

आजदेखि विमानस्थल कालोपत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असर १, डोल्पा । दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थल आजदेखि बन्द भएको छ । 

आजदेखि विमानस्थल कालोपत्र"/>

2026-09-03 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको जुफाल विमानस्थल आजदेखि बन्द


असर १, डोल्पा । दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थल आजदेखि बन्द भएको छ । 

आजदेखि विमानस्थल कालोपत्रको काम सुरु गरिएपछि जुफाल विमानस्थल बन्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । 

नागरिक उड्डयन प्राधिकरणको रु नौ करोड ८१ लाख रकममा स्तरोन्नति हुन लागेको उक्त विमानस्थलको कालोपत्र गर्न मात्रै झन्डै दुई महिना लाग्ने अनुमान भएपनि काम सुरु गर्दा यसै भन्न नसकिने आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिनुभयो । विमानस्थल कालोपत्र भएको केही दिनमै सञ्चालनमा ल्याउन सकिने आयोजना प्रमुख शाहीको भनाइ छ । 

भौगोलिक विकटताका कारण भनेको समयमा सामान ढुवानीका लागि हेलीकोप्टर नपाइने, कहिले मौसमले साथ नदिने, कहिले कामदार नपाउने जस्ता यावत समस्याले विमानस्थल स्तरोन्नति कार्य अवरुद्ध हुँदै आएको आयोजना प्रमुख शाहीको भनाइ छ । 

जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सम्पन्न नहुन्जेलसम्म त्रिपुरासुन्दरी नगरपालिकास्थित पहाडामा पर्ने मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । 

मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याइएपछि बिरामी पर्यटकलाईसमेत आवतजावत गर्न सहज हुने भएको छ । जुफाल विमानस्थल कालोपत्र भएपछि डोल्पालीलाई जिल्लाबाहिर जान तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सहज हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही