नन्दराम जैशी | असार २, जुम्ला । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनियाले जुम्लाका सबै उपभोक्ताहरु अझै ठगिमा परेको बताउनुभएको छ । 

समय र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | असार २, जुम्ला । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनियाले जुम्लाका सबै उपभोक्ताहरु अझै ठगिमा परेको बताउनुभएको छ । 

समय र"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाका सबै उपभोक्ता ठगिमा परेका छन्, “अध्यक्ष ज्योति बाँनिया”

२ असार २०७४, शुक्रबार ०२:३४

नन्दराम जैशी | असार २, जुम्ला । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनियाले जुम्लाका सबै उपभोक्ताहरु अझै ठगिमा परेको बताउनुभएको छ । 

समय र परिस्थीति बदलिदैँ गएपनि सोचे अनुरुप जुम्लाको परिवर्तन हुन नसकेको भन्दै जुम्लाका सबै उपभोक्ताहरु कुनै न कुनै हिसाबले अझै ठगिमा परेको उहाले बताउनुभयो । जुम्लामा बिहिबार सम्पन्न भएको उपभोक्ता जागरण कार्यक्रमका अवसरमा बोल्दै उहाले भन्नुभयो, देशमा नँया निति नियमसँगै राजनितिक, आर्थिक र ब्यापारीक क्षेत्रमा परिवर्तन आएपनि जुम्लामा भने अँझै ब्यापारी र उपभोत्ताको ज्ञानका कमिका कारण उपभोक्ता ठगिएका छन् ।

जँहासम्म ब्यापारीले ठग्ने प्रवृतिको अन्त्य र उपभोत्ताले ठगिएको विरोधमा आवाज उठाउने छैनन् तबसम्म ब्यापारमा ठग्ने पुरानै परम्परा अन्त्य हुने छैन, उहाले भन्नुभयो, यसमा मेरो सम्बन्धीत सरोकारवाला सबै निकायप्रति ध्यानाकर्षण छ । जुम्लामा नापतौलका मान्यता प्राप्त ढकहरुको सट्टा अन्दाजि ढुगां र नुनको पोकाको अँझै प्रयोग भैरहेको भन्दै त्यसरी जोखेको सामान उपभोक्तालाइ नकिन्न बाँनियाले आग्रह गर्नुभयो । नापतौलमा ठगि गर्ने ब्यापारीको विपक्षमा उजुरी दिन पनि उहाको सुझाब छ । कालो बजारी गर्दै जुम्लामा ग्यास, डिजेट, पेट्रोल लगाएतका सामानमा ठगि भैरहेको अवगत गराउदै त्यस तर्फ उद्योग बाणिज्य संघ, स्याउ प्रशोधन, प्रशासन लगाएतको प्रभावकारी अनुगमन तथा निरीक्षणमा अध्यक्ष बाँनियाले ध्यानाकर्षण गराउनु भयो ।

अन्य ब्यक्तिहरुमा कसले के बोले   

उपभोक्ता हित संरक्षण मञ्च नेपालका सदस्य बिष्णु प्रसाद तिमिल्सीनाले जुम्लाका ब्यापारीहरुले ब्यवसाय दर्ता नगर्ने, कर छल्ने, मुल्य सुचि बिना जिल्लाभर मनपरि सामान बिक्रि गर्ने लगाएतका पुरानै धन्दा चलाइ रहेको भन्दै नियमनमा जोड दिन सरोकारवाला निकायलाई सुझाब दिनुभयो । उहाले भन्नुभयो, जुम्लाका उपभोक्ता र साना ब्यापारीहरु सचेत नभएका कारण ठुला ब्यापारीबाट ठगिनु कुनै नौलो कुरा होइन । बरु यसको न्युनिकरणमा जोड दिन सबै निकाय लाग्नु पर्दछ । साथै ब्यापार ब्यवसायमा गलत प्रचार प्रसार गर्न नहुने उहाको भनाइ छ ।    

स्थानिय विकास अधिकारी हरी नारायण बेल्वासेले उपभोक्ता सम्बन्धी कानुनि प्रावधान फितलो भएका कारण उपभोक्तालाइ आफु ठगिएपछि उजरी  तथा सजाय दिन अप्ठ्यारो परेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद सापकोटाले नियमनमा नआउने ब्यापारीलाइ सचेत बनाउन र उपभोक्तालाइ जागरण गर्न बजार अनुगमन निरन्तर गरीने बताउनुभयो । बजारमा कतै कालो ब्यापारी भैरहेको जो सुकैले पाएमा या भोगेमा गोप्य जानकारी दिन उहाको सुझाब छ ।

नागरीक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले जुम्लामा बजारका खानेकुरा मात्र नभइ गाँउघरमा विभिन्न प्रकारका अन्नहरु पनि स्थानियले अखाद्य खाने गरेको स्मरण गराउदै सबै भन्दा पहिले उपभोक्ता सचेत हुनुपर्ने बताउनुभयो । खानेबानिमा परिवर्तन ल्याउन जिल्लाका सबै संघ संस्थाले भुमिका खेल्नुपर्ने उहाको भनाइ छ । स्थानिय उपभोक्ता गौरीनन्द आचार्यले कुनै पनि सामान किन्दा उपभोक्ता ठगिएको आवाज उठाउँदा उनिहरुको सुरक्षा र न्यायको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो ।

उच्च अदालत सुर्खेत इजलास जुम्लाका मुख्य न्यायधिष शेसराज सिवाकोटिको लगाएत विशिष्ट ब्यक्तिहरुको सहभागिता तथा जिल्ला स्थीत सबै सरोकारवाला निकायको उपस्थीतिमा एक दिने उपभोक्ता जागरण कार्यक्रम सम्पन्न भएको हो । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजना, उपभोक्ता हित संरक्षण मञ्च जिल्ला शाखा जुम्लाको संयोजन र आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सहकार्यमा कार्यक्रम गरीएको हो ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य