२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

१९ आश्विन २०८१, शनिबार १८:०५

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि सरकारको बजेटले नपुग्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित उनले राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ आवश्यक हुने भन्दै बजेटको सीमाभित्र सम्भव नभएको बताए ।

उनले भने, ‘राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ चाहिन्छ । आगलागी भयो भने गतिलो दमकल छैन् । बाहिरबाट ल्याउनुपर्छ । यसबारे अर्थलाई भन्दा सिलिङ् छैन भन्ने कुरा आउँछ । गृह मन्त्रालय भित्रबाट वर्षको तीनचार करोडमात्र चालु पुँजी आउँछ । त्यो पैसाले सम्भव छैन् । एउटा राम्रो दमकल किन्ने हो भने पाँचदेखि ६ करोड लाग्छ । यसपाली पनि मनसुनमा पाँच सय मिटर बेलिब्रिज चाहिन्छ भनेका थियौं । त्यो महंगो हुन्छ, त्यसको पैसा घुमिरहेको छ । बजेटको सीमा भित्र सम्भव नै छैन् ।’

यस्तै, उनले प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने मात्र बढ्दो खालको जोखिमलाई घटाउन सकिने बताए ।

उनले भने, ‘विपद् महाशाखा र प्राधिकरण पनि हुँदा अन्यौलको अवस्था भयो । यसलाई नीतिगत तरिकाले मिलाउनुपर्छ । प्राधिकरणलाई रिर्फम गरेर मिलाउने हो भने प्रक्रियागत ढिलाई जुन भइरहेको छ त्यसलाई कम गर्न सक्छौ । प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने बढ्दो जोखिमलाई घटाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य