काठमाडौँ | काठमाडौँको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष भीम कुमारी तामाङ पक्राउ परेकी छन् ।
३६ वर्षीयातामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।