२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न

२०८१, ३० कार्तिक शुक्रबार ०८:५२

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न भएको छ ।

बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।

हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेको NS 80:2042. Hume Pipe लाई परिमार्जन गरिएको नेपाल गुणस्तर NS 80:2081 पारित भएको हो । साथै Laminated Woven Sack (block button valve) र घरायासी प्रयोजनमा आउने UPVC Pipe fitting को नेपाल गुणस्तरमा समेत परिमार्जन गरिएको छ ।

यसैगरी गरगहना, पानी र माटो परिक्षणसंग सम्बन्धित ISO बाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरुप परिक्षण विधिका गुणस्तरहरु समेत उक्त बैठकबाट स्वीकृत भएका छन् ।

मन्त्री भण्डारीले यस बाहेक अन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएका छन् । हाल चलनचल्तीमा रहेका बाहेक ठुला साइजका ग्यास सिलिण्डरहरुको नेपाल गुणस्तर तयार गर्न उनले विभागलाई दिर्नेशन दिए । उनले निर्यात प्रर्वधन हुने अन्य सामग्रीहरुको अध्ययन गरि मापदण्डहरु कायम गर्न निर्देशन दिएका हुन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रुपमा मान्यता पाउने व्यवस्था छ ।

परिषदमा उपाध्यक्षको रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव (उद्योग) उपाध्यक्ष र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ । साथै अन्य मन्त्रालयहरु, विश्वविद्यालयका प्रतिनिधिरु, विज्ञहरु र निजी क्षेत्रका प्रतिनिधीहरु समेत परिषदमा सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी