२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज?

२०८१, ३० कार्तिक शुक्रबार १४:४५

काठमाडौँ | अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि निक्षेप ब्याजदर घटाएका छन्। बैंकहरुले सामान्य बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ६ प्रतिशतको ब्याजदर तोकेका छन्। यसरी ब्याजदर घटाइएसँगै अधिकांश बैंकहरुमा कात्तिकको तुलनामा ब्याजदर घटेको छ।

नवीनतम सार्वजनिक ब्याजदरअनुसार, नेपाल बैंकले मुद्दती निक्षेपमा ५.९५ प्रतिशत र सामान्य बचतमा ३ प्रतिशत मात्रै ब्याज दिएको छ। नबिल बैंकको बचत खाताको ३ प्रतिशत र मुद्दती खाताको लागि अधिकतम ५.७५ प्रतिशत छ। बैंकको बेसरेट ७.०२ प्रतिशत छ।

कृषि विकास बैंकको साधारण बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ५.५३ प्रतिशत छ। लक्ष्मी सनराइज बैंकले बचत खातामा ३ प्रतिशत ब्याज दिँदा ५ वर्ष बढीको मुद्दती खतामा ५.७५ प्रतिशत दिएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सामान्य बचतमा ३ प्रतिशत र २ वर्षमाथिको बचतमा ६.५ प्रतिशत ब्याज दिने भएको छ।

यता सिद्धार्थ बैंकले सामान्य बचत खातामा ३ प्रतिशत, २ वर्षमाथिको मुद्दतीमा ६ प्रतिशत ब्याजदर तोकेको छ। एनएमबी बैंकले बचत खातामा ३ प्रतिशत र ५ वर्षमाथिको मुद्दतीमा ५.५७ प्रतिशत ब्याज दिनेछ। सानिमा बैंकको बचत खाताको ब्याजदर ३.०४ प्रतिशत छ भने ३ वर्षमाथिको मुद्दती खाताको ६.१५ प्रतिशत ब्याजदर छ।

प्राइम बैंकले बचत खातामा ३ प्रतिशत तोक्दा १ वर्षमाथिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याज दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंकको सामान्य बचत खातामा ३ प्रतिशत ब्याज दिएको छ। बैंकले ३ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिएको छ।

त्यसैगरी नेपाल एसबीआई बैंकको सरल बचत खातामा ३.०२ प्रतिशत छ भने ३ वर्ष माथिको मुद्दती खातामा ६ प्रतिशत ब्याज मिल्नेछ। एभरेस्ट बैंकले ३ महिनादेखि २ वर्षसम्म ४ प्रतिशत र ५ वर्ष बढीको मुद्दती खातामा ६ प्रतिशत ब्याज दिँदा हिमालयन बैंकले ३.०५ प्रतिशत बचत खाताको ब्याजदर तोकेको छ। बैंकले मुद्दतीमा ६.२५ प्रतिशत ब्याज दिनेछ।

ग्लोबल आईएमई बैंकमा सामान्य बचत गर्नेले ३ प्रतिशत पाउँदा २ वर्ष बढीको मुद्दती निक्षेप गर्नेले ५.७५ प्रतिशत ब्याज पाउनेछन्। कुमारी बैंकले २ वर्ष बढीको बचतमा ५.७१ प्रतिशत ब्याज दिएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले सामान्य बचत खातामा ३ प्रतिशत दिएको छ। बै‌ंकले ५ वर्ष बढीको बचत खातामा ६.२५ प्रतिशत ब्याज दिएको छ।

एनआईसी एसिया बैंकमा ५ वर्ष माथिको मुद्दती खातामा पैसा जम्मा गर्दा ६.७९ प्रतिशत ब्याज आम्दानी गर्न सकिनेछ। यता प्रभु बैंकको बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ५ प्रतिशत ब्याज तोकिएको छ।

त्यसैगरी माछापुच्छ्रे बैंकले मुद्दती खातामा ६ प्रतिशत ब्याज दिँदा सिटिजन बैंकको मुद्दती खातामा रकम जम्मा गर्नेले अधिकतम ५.६५ प्रतिशत ब्याज पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन