२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हस्तकलाका सामानहरु उत्पादन गर्न बनेको विधेयक कार्यान्यनका लागि जोड दिइरहेका छौं: सभापति श्रेष्ठ

१ मंसिर २०८१, शनिबार ०८:२८

हेटौंडा । बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले बागमती प्रदेशमा बनेको प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०८१ को कार्यान्यनका लागि आफूहरुले जोड दिइरहेको बताएका छन् ।

यस प्रदेशमा हस्तकलाका सामानहरु उत्पादन हुने र देशभित्र र बाहिर समेत जाने हुनाले यसको कानून बनाएर आफूहरुले कार्यान्वयनको चरणमा लगेको उनले बताएका हुन् ।

जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८१, को समितिमा छलफलपछी संशोधन गरि प्रदेशसभाबाट पारित भइ प्रदेश प्रमुखले प्रमाणिकरण समेत गरेर राजपत्रमा प्रकासीत भएपछि यसक्षेत्रका सरकोकारवालाहरु र पत्रकारहरुलाई जानकारी गरउँदै यस्तो कुरा बताए ।

यो कानून कार्यान्वयनका लागि पाइलट प्रोजेक्टका रुपमा कार्यान्यनमा जान लागेको समेत उनले बताए ।

कार्यक्रममा मकवानपुर हस्तकला संघका संस्थापक अध्यक्ष ज्ञानभक्त लामाले हस्तकलाको क्षेत्रमा धेरै काम भएको र यसलाई फराकिलो रुपमा बुझ्नका लागि प्रदेश सरकार र सांसदहरुलाई आग्रह गरे । हस्तकलाको क्षेत्रमा आफुले बिगत ५० वर्षदेखि काम गर्दै आएको तर, यस क्षेत्रमा राज्यले कुरा नबुझ्दा थप समस्या भएको उनले बताए ।

हस्ताकला संघका सल्लाहकार तथा नेपाल उद्योग बाणिज्यसंघका पूर्व केन्द्रीय सदस्य सर्मिला डंगोलले हस्तकलाका कारण बिदेशमा चिनाउन सकिएकोले यस क्षेत्रमा सरकारले पनि ध्यान दिन जरुरी रहेको बताए ।

हस्तकलाको क्षेत्रमा थोरै लगानीबाट धेरै कामदार राखेर काम गर्दा थप रोजगारीको समेत सृजना भएकाले यसक्षेत्रमा सरकारीले कानून मात्र बनाउने होइनकी काम गरिरहेकाहरुलाई प्रोत्साहनका कार्यक्रम पनि ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सचिब राजु श्रेष्ठ लगायतकाको कार्यक्रममा आतिथ्यता रहेको थियो । यस विधेयकका बिषयमा जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा बिधेयकको समितिमा छलफलका बेला सरोकारवाहरुको सुझाब लिने कार्यक्रम गरिएको थियो ।

त्यस कार्यक्रमबाट आएका सुझाबहरुलाई समेटेर तीन महले सुझाब लिखित रुपमा समितिलाई बुझाइएको थियो । त्यसपछी कानून पारित भएर प्रदेशको राजपत्रमा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव