२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स

२०८१, ४ मंसिर मंगलवार १४:५७

काठमाडौं | चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाहमा ११.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको हो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ ।

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि १ लाख ७० हजारभन्दा बढी युवा विदेशिएका छन्। ति मध्ये नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १० हजार ६५४, पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिने संख्या १ लाख १३ हजार ३९७ थियो भने पुनः श्रम स्वीकृति लिने संख्या ४९ हजार २९७ थियो।

विशेषगरी खाडी मुलुक र अन्य प्रमुख श्रम गन्तव्य देशहरूमा रोजगारीका अवसरहरूमा सुधार, नेपाली कामदारको श्रम बजारमा माग बढ्नु, र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रवृत्तिको विकासले गर्दा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको मानिएको छ।

रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन